खेलकुद

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : बैतडीबाट चौँसट्ठी खेलाडी छनोट

Shittalpati Reporter

बैताठी, सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि यहाँबाट ६४ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि ६४ खेलाडी छनोट भएका हुन् ।

यही फागुन १२ देखि १४ गतेसम्म पाटनमा सम्पन्न भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट गरिएको हो । एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, एक हजार पाँच सय मिटर र तीन हजार मिटर दौडका लागि एक÷एक छात्र र छात्रा छनोटमा परेका छन् । यस्तै, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, कबड्डी, भलिबल, कराते र एकलकातामा छात्र तथा छात्रातर्फ खेलाडी छनोटमा परेका छन् । छनोट भएका खेलाडीलाई केही दिनमा बन्द प्रशिक्षणमा बोलाइनेछ । प्रदेशस्तरीय प्रतियोगिताको मिति भने टुो लागेको छैन ।–रासस


प्रकाशित मिति: शनिवार, फाल्गुन २०, २०७९, ०२:२३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

लुम्बिनीमा ‘पिस म्याराथन’ हुने शनिवार, फाल्गुन २०, २०७९, ०२:२३:००
यूएईलाई हराउँदै विश्वकप छनोटमा नेपाल शनिवार, फाल्गुन २०, २०७९, ०२:२३:००
नेपाल ५२ रनले विजयी शनिवार, फाल्गुन २०, २०७९, ०२:२३:००
मेयर कपको रनिङ्ग शिल्ड रामपुर ७ लाई शनिवार, फाल्गुन २०, २०७९, ०२:२३:००