Shittalpati
पाल्पामा कोरोना संक्रमण शून्य नजिक, सक्रिय संख्या दशमा झर्‍यो
पाल्पामा कोरोना संक्रमण शून्य नजिक, सक्रिय संख्या दशमा झर्‍यो पाल्पामा कोरोना संक्रमणको अवस्था शून्य नजिक पुगेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै जाँदा संक्रमण शून्य नजिक पुगेको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १० मा झरेको छ । अघिल्लो हप्ता सक्रिय संक्रमितको संख्या १३ रहेकोमा शुक्रबारसम्म त्यो...
एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम
एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम तानसेनमा एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम दिइएको छ । पाल्पा शिक्षा तालिम केन्द्र रुपन्देही, लुम्बिनी प्रदेशको आयोजनामा पाल्पा र गुल्मीका आधारभूत तहका शिक्षकहरुका लागि टिपिडी एकिकृत पाठ्यक्रम सम्बन्धी तालिममा दिइएको हो ।
आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने
आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले दसौं महाधिवेशनको मिति तोकेको हो । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन ।
संविधान च्यात्न खोज्ने शक्ति नै सकिन्छ : काँग्रेस नेता खाँण
संविधान च्यात्न खोज्ने शक्ति नै सकिन्छ : काँग्रेस नेता खाँण नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान च्यात्न खोज्ने शक्ति नै सकिने बताएका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै नेता खाँणले संविधानलाई च्यात्ने शक्ति आफै सकिएर जाने बताएका हुन् ।
अध्यक्ष दाहालबाट शान्तिपूर्ण आन्दोलनमा जोड
अध्यक्ष दाहालबाट शान्तिपूर्ण आन्दोलनमा जोड रुपन्देही, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य...
अधिकांश गाउँघर पुरुषविहीन बन्दै
अधिकांश गाउँघर पुरुषविहीन बन्दै अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो ।
पाल्पामा थप ८ कोरोना संक्रमित थपिए
पाल्पामा थप ८ कोरोना संक्रमित थपिए पाल्पामा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा जिल्लाका विभिन्न स्थानीय तहका ८ जनामा संक्रमण देखिएको हो । स्वास्थय कार्यालय पाल्पालाई गत फागुन १८ गतेदेखि फागुन २८ गतेसम्मको प्राप्त विवरण अनुसार ४ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ ।
पाल्पाको छहरामा कोभिड अस्पताल, सदरमुकाम जाने बाध्यता टर्‍यो
पाल्पाको छहरामा कोभिड अस्पताल, सदरमुकाम जाने बाध्यता टर्‍यो पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा कोभिड १९ अस्थायी अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको छहरा स्वास्थ्य चौकीलाई पाँच शैयाको अस्थायी कोभिड–१९ अस्पतालको रुपमा विस्तार गरेर सञ्चालनमा ल्याएको हो ।
थप ६३ संक्रमित डिस्चार्ज
थप ६३ संक्रमित डिस्चार्ज पाल्पा, नेपालमा पछिल्लो २४ घण्टाको समय अवधिमा थप ६३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत ६३ जना संक्रमित डिस्चार्ज भएका हुन् । योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर...
गुल्मीमा पनि राखियो एमालेको बोर्ड
गुल्मीमा पनि राखियो एमालेको बोर्ड गुल्मी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी एमाले लेखिएको बोर्ड राखिएको छ । जिल्ला सदरमुकाम तम्घास स्थित मदन आश्रीत भवनमा पार्टीका जिल्लास्तरका नेता तथा कार्य कर्ताहरुको उपस्थितीमा बोर्ड राखिएको अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य काशीराम पाण्डेयले जानकारी दिए ।
‘प्रहरी र नागरिकको सम्बन्ध सदृढ  बनाउँछौं’
‘प्रहरी र नागरिकको सम्बन्ध सदृढ बनाउँछौं’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक(एसपी) गोपलचन्द्र भट्टराईले प्रहरी र नागरिकहरु बीचको सम्बन्ध सुदृढ बनाएर जाने बताएका छन् ।केही दिन अघि सरुवा भएर गुल्मी आएका प्रहरी उपरिक्षक भट्टराईले पत्रकारसँग कुराकानी गर्दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीको सम्बन्धलाई थप सुदृढ बनाएर लैजाने बताएका हुन् ।
तानसेन सरकारले दियो कन्यालाई दान !
तानसेन सरकारले दियो कन्यालाई दान ! जिल्लाको तानसेन नगरपालिकाले पश्चिम क्षेत्रकै एक मात्र सामुदायिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालयका कन्या (छात्रा) हरुलाई सुत्नका लागि आवश्यक सामग्री सहयोग (दान) गरेको छ ।
Weather Update