Shittalpati
पाल्पामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो
पाल्पामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो जिल्लामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ पाल्पा र नेपाल डेरी एसोसिएसन पाल्पाको गत माघ २७ गते बसेको बैंठकले फागुन १ गतेदेखि लागुहुने गरी दुधको मूल्य बढाएको हो ।
प्राज्ञिक विद्यार्थी परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा रेग्मी
प्राज्ञिक विद्यार्थी परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा रेग्मी प्राज्ञिक विद्यार्थी परिषद नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुष्कर राज रेग्मी निर्वाचित भएका छन् । परिषद्को तानसेनमा भएको दोस्रो प्रदेश अधिवेशनले रेग्मीलाई सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
प्रतिनिधिसभा विघटनका विरुद्ध पाल्पा काँग्रेसको सोमबार पुनःप्रदर्शन
प्रतिनिधिसभा विघटनका विरुद्ध पाल्पा काँग्रेसको सोमबार पुनःप्रदर्शन प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको कांग्रेसले फागुन ३ गते पुनः विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला समिति पाल्पाको आयोजनामा शुक्रबार बसेको उपलब्ध पदाधिकारी, जिल्ला समितिका सदस्य तथा महासमिति, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरुको बैठकले प्रदर्शनलाई बृहद गराउने निर्णय गरेको...
मोटरसाईकल चोरीमा संलग्न चार पक्राउ
मोटरसाईकल चोरीमा संलग्न चार पक्राउ मोटरसाईकल चोरीमा संलग्न चार व्यक्ति पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाईकल चोरीमा संलग्न रहेका चार जनालाई महानगरीय ट्राफिक प्रहरीले पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको प्रहरी टोलीले महाबौद्धबाट धादिङ्ग गजुरीका धन बहादुर तामाङ, थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलालल तामाङ्गलाई मोटसाईकलसहित पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले एनजेडीलाई जानकारी...
पाल्पामा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी !
पाल्पामा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी ! जिल्लाको बगनासकाली गाउँपालिका १, आर्यभञ्याङ सडक खण्डमा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी भएको छ । आर्यभञ्याङबाट पिपलडाँडातर्फ जाँदै गरेको लु १३ प ४८२ नम्बरको मोटरसाइकलमा आज अचानक आगलागी भएको हो ।
पाल्पामा किट नहुँदा कोरोना परीक्षण रोकियो
पाल्पामा किट नहुँदा कोरोना परीक्षण रोकियो पाल्पाको तानसेनास्थित प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ । कोरोना भाइरस जाँचका लागि आवश्यक पर्ने ‘एक्स्ट्रयाक्सन’ किट सकिएपछि बिहीबारदेखि पिसिआर टेष्ट रोकिएको हो । परीक्षण नभएपछि अहिले प्रयोगशाला बन्द रहेको छ ।
आज ओली समूहले बुटवलमा आमसभा गर्दै
आज ओली समूहले बुटवलमा आमसभा गर्दै नेकपा ओली समूहले आज (शनिबार) लुम्बिनी प्रदेशको बुटवलमा आमसभा गर्ने भएको छ । आमसभाका लागि तयारी अन्तिम चरणमा पुगेको ओली पक्षले जनाएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ ओली समूहले आमसभा गर्दैछ ।
गुल्मीमा हुने विरोध सभाको नेता भण्डारीले सम्बोधन गर्ने
गुल्मीमा हुने विरोध सभाको नेता भण्डारीले सम्बोधन गर्ने प्रतिनिधि सभा विघटनको विरुद्ध गुल्मीमा हुन लागेको सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा.चन्द्र भण्डारीले सम्बोधन गर्ने भएका छन् । यही फागुन ३ गते काँग्रेस गुल्मीको आयोजनामा हुन लागेको विरोध सभालाई नेता भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
१ सय २७ सङ्क्रमित
१ सय २७ सङ्क्रमित कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण आज १ सय २७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ ।
पाल्पाली विद्यार्थीको सरकारलाई प्रश्न–न्याय कहिले सरकार ?
पाल्पाली विद्यार्थीको सरकारलाई प्रश्न–न्याय कहिले सरकार ? नेपालमा बलात्कार पछि हत्याका घटनाहरु बढ्दै गएपछि पाल्पाका विद्यार्थीहरुले न्यायको माग गरेका छन् । सरकारको गैरजिम्मेवारीका कारण दिनहुँ जसो बलात्कारपछि हत्याका घटनाहरु बढ्दै गएकाले हत्यामा संलग्नलाई कडा भन्दा कडा सजायको व्यवस्था गर्न विद्यार्थीहरुले सरकारसँग माग गरेका हुन् ।
‘बुटवलको जनसभा ऐतिहासिक हुन्छ’
‘बुटवलको जनसभा ऐतिहासिक हुन्छ’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देश दिन बुटवलमा जनसभाको आयोजना गर्न गरिएको बताएका छन् । सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उनले समस्या भएपछि सरकारलाई पनि जनतामा जाने अधिकार रहेको स्पष्ट पारे ।
आज सार्वजनिक विदा
आज सार्वजनिक विदा सरकारले आज सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।
Weather Update