Shittalpati
राप्रपाका सांसदले  पनि दिए राजीनामा
राप्रपाका सांसदले  पनि दिए राजीनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् ।
आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल
आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गरेका छन् ।
धमाधम राजीनामा दिदै मन्त्रीहरु
धमाधम राजीनामा दिदै मन्त्रीहरु सोमबार भएको जेन–जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमीमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेका छन् ।
रास्वपा सांसदहरूले दिए सामूहिकरुपमा राजीनामा
रास्वपा सांसदहरूले दिए सामूहिकरुपमा राजीनामा राष्ट्रिय स्वतन्त्र पार्टीका  सांसदले समूहिक राजीनामाको घोषणा गरेका छन् । वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न नसकेको भन्दै प्रतिनिधिसभामा रहेका २० जना सांसदले राजीनामा दिने घोषणा गरेका हुन् ।
कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह
कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। उनिहरुले आज संयुक्त विज्ञप्तिमार्फत पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई समेत राजीनामा दिएर ‘नवीन राष्ट्रीय सहमति’का लागि मार्ग...
खानेपानीमन्त्रीद्वारा राजीनामा
खानेपानीमन्त्रीद्वारा राजीनामा खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गरेका छन् । रासससँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष  राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिए । 
कृषिमन्त्री अधिकारीद्वारा राजीनामा
कृषिमन्त्री अधिकारीद्वारा राजीनामा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । 
रुपन्देहीमा निषेधाज्ञा जारी
रुपन्देहीमा निषेधाज्ञा जारी रुपन्देही जिल्ला प्रशासन कार्यालयलले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । 
आज बीपी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
आज बीपी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै  नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपाली काँग्रेस, पार्टीका भातृृ संस्था÷शुभेच्छुक संस्थाहरुले कोइरालाको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउन लागेका हुन् ।
सुरू भयो सोह्रश्राद्ध
सुरू भयो सोह्रश्राद्ध प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष सोमबारदेखि सुरू भएको छ । सोह्रश्राद्धमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिन्छ  । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको...
गृहमन्त्री  लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
Weather Update