पाल्पाका सबै पालिकामा गठबन्धनको उत्साहजनक उम्मेदवारी दर्ता
सोमबार, वैशाख १२, २०७९

काँग्रेसबाट रैनादेवी छहरामा उम्मेदवारी दर्ता
सोमबार, वैशाख १२, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेसकोतर्फबाट उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकामा रहेको निर्वाचन कार्यालयमा पुगी पालिका अध्यक्ष,वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

माथागढीमा बाजागाजा सहित काँग्रेसका उम्मेदवारले गरे मनोनयन दर्ता
सोमबार, वैशाख १२, २०७९
पाल्पाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आज बाजागाजा सहित पालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

एसइई : पाल्पामा नेपाली विषय दिने एक सय ४७ परीक्षार्थी अनुपस्थित
सोमबार, वैशाख १२, २०७९
एसइई सञ्चालनको तेस्रो दिन पाल्पामा नेपाली विषय दिने एक सय ४७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ४३ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् । नियमिततर्फ छात्रा ४४ जना, छात्र ६० र ग्रेडवृद्धितर्फ छात्रा १३ , छात्र ३० जना परीक्षार्थी नेपाली विषयमा...

पाल्पामा नेपाली काँग्रेसले टुँगो लगायो पालिका उम्मेदवार
सोमबार, वैशाख १२, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनबाट सहमति भए अनुसार ६ वटा पालिका पाएको काँग्रेसले आइतबार राती मात्र उम्मेदवारको टुँगो लगाएको हो ।

पाल्पामा नेकपा माओवादी केन्द्रले लगायो उम्मेदवारको टुँगो
सोमबार, वैशाख १२, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ ।

गुल्मी काँग्रेसका सभापति पन्थी मेयरका उम्मेदवार
आइतबार, वैशाख ११, २०७९
आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले मेयरमा उम्मेदवारी दिने भएका छन् । उनले रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी दिने भएका हुन् ।

पाल्पामा गणित विषय दिने एक सय ३६ परीक्षार्थी अनुपस्थित
आइतबार, वैशाख ११, २०७९
माध्यमिक शिक्षा परीक्षा एसइईको दोस्रो दिन पाल्पामा गणित विषय दिने एक सय ३६ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ३२ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका अनुसार नियमिततर्फ छात्रा ५०, छात्र ५४ र ग्रेडवृद्धितर्फ छात्रा...

स्थानीय तह निर्वाचन आजदेखि उम्मेदवारी दर्ता, उम्मेदवार बन्न २१ वर्ष पुरा हुनुपर्ने
आइतबार, वैशाख ११, २०७९
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदै छ । बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता हुनेछ । सोमबार पनि सोही समयभित्र मनोनय दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा भाग लिने व्यक्तिहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने छ ।

आज लोकतन्त्र दिवस देशभर मनाइँदै
आइतबार, वैशाख ११, २०७९
देशभर १६ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाउन लागिएको हो । आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिका कारण पाएकाले लोकतन्त्र दिवसको महत्व छ ।

‘लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्नुहोस्’
आइतबार, वैशाख ११, २०७९
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैङ्गिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न महिला पत्रकारहरुलाई आग्रह गरेका छन् । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उनले यसविरुद्ध महिला पत्रकारले अभियानका रुपमा कलम चलाउनुपर्ने बताए ।

एमालेद्वारा पाल्पाका दशवटै स्थानीय तहमा उम्मेदवार चयन
आइतबार, वैशाख ११, २०७९
नेकपा एमाले पाल्पाले १० वटै पालिकाका प्रमुख, उप प्रमुखको उम्मेदवारको नाम टुङ्गो लगाएको छ । एमालेले केही नयाँ अनुहार र केही पुरानालाई ल्याएर जिल्लाको दुई नगर र आठ गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको हो ।