Shittalpati
पाल्पाको तिनाउमा पहिरोमा परी एक जनाको ज्यान गयो
पाल्पाको तिनाउमा पहिरोमा परी एक जनाको ज्यान गयो जिल्लाको तिनाउ गाउँपालिका –१ कलचमा पहिरोमा परी एक जनाको ज्यान गएको छ । बुधबार विहान सोही ठाउँका ६१ वर्षीय दिलबहादुर हिस्कीको पहिरोमा परेर ज्यान गएको हो ।
पाल्पा रेडक्रसको खोज र खोप अभियान, पालिकालाई शत प्रतिशत कोभिड खोप सुनिश्चत गर्ने
पाल्पा रेडक्रसको खोज र खोप अभियान, पालिकालाई शत प्रतिशत कोभिड खोप सुनिश्चत गर्ने जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले खोज र खोप अभियान सञ्चालन गरेको छ । उसले पाल्पाको निस्दी र पूर्वखोला गाउँपालिकालाई कोभिडको शत प्रतिशत खोप सुनिश्चत भएको गाउँपालिका बनाउनका लागि खोज र खोप अभियान सञ्चालन गरेको हो ।
वैशाख ८ देखि रामपुरमा बेल विवाह हुँदै
वैशाख ८ देखि रामपुरमा बेल विवाह हुँदै जिल्लाको रामपुरमा बेल विवाह हुने भएको छ । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा बैशाख ८ गते देखि १० गते सम्म बेल विवाह (सामुहिक ईहि यज्ञ ) हुने भएको हो । बेल विवाह नेवार समुदायमा परम्परादेखि चल्दै आएको संस्कृति हो । महिनावारी नभएका कन्या केटीहरुको ७ वर्ष तथा ९ वर्षमा बेल...
‘कानुनको अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या’
‘कानुनको अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या’ सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताउका छन् । लुम्बिनी प्रदेशसभाद्वारा मंगलबार आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले भने, ‘आ–आफ्नो अनुकूलता अनुसार कानुनको व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको छ ।’
एक चिकित्सकको भरमा पँचास शैयाको अस्पताल
एक चिकित्सकको भरमा पँचास शैयाको अस्पताल रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएको हो । पँचास शैयाको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ ।
बिमा कार्यक्रमको सेवा बन्द गर्ने मिसन अस्पतालको निर्णय स्थगित
बिमा कार्यक्रमको सेवा बन्द गर्ने मिसन अस्पतालको निर्णय स्थगित स्वास्थ्य बिमा बापतको भुक्तानी रोकिँदा सेवा बन्द गर्ने निर्णय गरेको तानसेनको युनाइटेड मिसन अस्पतालले उक्त निर्णय स्थगित गरेको छ । स्वाथ्य बिमा बोर्डबाट केही रकम भुक्तानी भएपछि अस्पतालले सेवा बन्द गर्ने निर्णय स्थगित गरेको हो ।
व्यक्तिगत घटना दर्ताको महत्वप्रति सजग हुनुपर्नेमा जोड
व्यक्तिगत घटना दर्ताको महत्वप्रति सजग हुनुपर्नेमा जोड व्यक्तिगत घटना दर्ताको महत्वप्रति सजग हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले राज्यका हरेक योजना निर्माण र स्थान विशेषको खास खास रणनीति बनाई कार्यान्वयन गर्नको लागि यथार्थ तथ्याकं चाहिने र त्यसका लागि समयमै हरेक घटना दर्ता हुनु पर्ने भन्दै त्यसको महत्व र आवश्यकता प्रति आम नागरिक सचेत हुनुपर्नेमा...
आजदेखि सातौँ कृषि गणना सुरु, पाल्पाका एक सय ६४ क्षेत्रमा कृषि गणना
आजदेखि सातौँ कृषि गणना सुरु, पाल्पाका एक सय ६४ क्षेत्रमा कृषि गणना पाल्पा सहित देशभर कृषि गणना सूरु भएको छ । प्रत्येक १०÷१० वर्षमा गरिने कृषि गणना आजदेखि सातौं गणनाका रुपमा गर्न लागिएको हो ।
विविध कार्यक्रम गरी विश्व सम्पदा दिवस मनाइँदै
विविध कार्यक्रम गरी विश्व सम्पदा दिवस मनाइँदै आज विश्व सम्पदा दिवस । प्रत्येक वर्षको अप्रिल १८ मा यो दिवस मनाउने गरिन्छ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो ।
स्थानीय निर्वाचन : अपाङ्गता भएका व्यक्तिहरु चिन्तित
स्थानीय निर्वाचन : अपाङ्गता भएका व्यक्तिहरु चिन्तित अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित भइन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो ।
११ को परीक्षा जेठको तेस्रो हप्तादेखि
११ को परीक्षा जेठको तेस्रो हप्तादेखि कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ ।
युवतीको ‘शङ्कास्पद’ मृत्युपछि तिलोत्तमा अशान्त
युवतीको ‘शङ्कास्पद’ मृत्युपछि तिलोत्तमा अशान्त गत बुधबार राति एक युवतीको ‘शड्ढास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकाले पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै दिन दिनदेखि आन्दोलन गरिरहेका छन् ।
Weather Update