छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
आइतबार, मंसिर ९, २०८१
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
आइतबार, मंसिर ९, २०८१
कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।
किसानलाई धान भित्र्याउने चटारो
आइतबार, मंसिर ९, २०८१
यति बेला पहेँलपुर भएर पोकेको धान काट्न, चुट्न र भित्र्याउन किसान बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छन् । कतिपयले भने मंसिर अघि नै धान थन्क्याइसकेका छन् ।
काठमाडौँमा तीन शव भेटिए
शनिबार, मंसिर ८, २०८१
काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौँका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्थाबारे जानकारी
शनिबार, मंसिर ८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालमा उपचाररत रहेका आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिएका उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता
शनिबार, मंसिर ८, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् । उजुरीमध्ये ३५ वटा फछ्र्यौट भएको र बाँकी २५ उजुरी छानविनकै क्रममा रहेको बताइएको छ ।
सहकारी ठगी प्रकरण : रविविरुद्ध धमाधम पक्राउ पुर्जी
शनिबार, मंसिर ८, २०८१
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध धमाधम पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेविरुद्ध विभिन्न जिल्लाबाट एकपछि अर्को गरी पक्राउ पुर्जी जारी भएको हो ।
तरकारीका बेर्ना उमारेर मनग्य आम्दानी
शनिबार, मंसिर ८, २०८१
रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक लाख ५० हजा बढी आम्दानी गर्छन् । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छन् ।
‘हेरिटेज राइड’ सफल पार्न सहयोग गर्नेलाई सम्मान
शुक्रबार, मंसिर ७, २०८१
पाल्पा साइक्लिङ संघले ‘हेरिटेज राइड–२०८१’ सफल पार्न सहयोग गर्नेहरुलाई सम्मान तथा मायाको चिनो वितरण गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी ‘हेरिटेज राइड’मा सहयोग गर्नेहरुलाई सम्मान गरेको हो ।
दाङमा धान उत्पादन बढ्यो
शुक्रबार, मंसिर ७, २०८१
गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
३१ जनाले फिर्ता लिए उम्मेदवारी
शुक्रबार, मंसिर ७, २०८१
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । ५ मंसिरमा बिहान ९ देखि अपराह्न १ बजेसम्म निर्वाचन आयोगले उम्मेदवारले नाम फिर्ता लिने समय दिएको थियो । उक्त समयभित्र ३१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
जग्गा भाडामा लिएर कृषि गर्नेलाई अनुदान
बिहीबार, मंसिर ६, २०८१
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने किसानलाई जग्गाको भाडाबापतको रकम तिरिदिने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले भाडामा लिने जग्गाको ५० प्रतिशत अनुदान दिने निर्णय गरेको हो । जग्गाबापतको अनुदान प्राप्त गर्नका लागि किसानले कृषि फर्म दर्ता गरी कम्तीमा पनि १५ रोपनी...
नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न निर्देशन
बिहीबार, मंसिर ६, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुने गरी काम अघि बढाउन निर्देशन दिएका छन ।


