बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
बिहीबार, भदौ २७, २०८१
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बिहीबार, भदौ २७, २०८१
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र तनहुँमा भएका छुुट्टाछुुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
विद्यार्थीले एक–आपसमा कपाल काट्छन्
बिहीबार, भदौ २७, २०८१
गाउँमा कपाल काटिदिने कोही पनि छैनन् । कपाल काट्न सक्ने जनशक्ति सबै रोगजारको सिलसिलामा देश बाहिर छन् । पछिल्लो समय विद्यार्थी कपाल नकाटेर विद्यालय आउन थालेपछि तुलसीपुर उपमहानगरपालिका–१९ स्थित नवजागरण माध्यमिक विद्यालय कुटिचौरका प्रधानाध्यापक टङ्क केसीले आफैँ विद्यार्थीको कपाल काट्न सुरु गरे ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
बिहीबार, भदौ २७, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ ।
बागलुङबाट बेपत्ता दुई किशोरीको उद्धार
बिहीबार, भदौ २७, २०८१
बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन् । बेपत्ता किशोरीलाई काँकडभित्ता र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।
पाल्पामा गिद्ध लोप हुँदै गएकोमा चिन्ता
बिहीबार, भदौ २७, २०८१
गिद्ध प्रकृतिका कुचिकार मानिन्छन् । मरेका सिनो खाएर गिद्धले वातावरण स्वच्छ राख्न मद्धत गर्छ । पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न पनि गिद्धको महत्वपूर्ण भूमिका रहने गर्छ । गिद्धहरुले मरेको पशुपन्छीको सिनो खाएर वातावरण दुर्गन्ध हुनबाट जोगाउँछन् ।
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तीन दिन भव्य रुपमा मनाउने
बुधबार, भदौ २६, २०८१
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई तीन दिनसम्म विविध कार्यक्रम गरी भव्य रुपमा मनाउने भएको छ । प्रदेश सरकारले आगामी असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने भएको हो ।
बिहीबारदेखि तीन दिन पानी पर्ने
बुधबार, भदौ २६, २०८१
बिहीबारदेखि मनसुन सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । विभागले बुधबार विशेष मौसमी बुलेटिन जारी गर्दै विहिबार साँझादेखि शनिबारसम्म तीन दिन वर्षा हुने जनाएको हो ।
गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान
बुधबार, भदौ २६, २०८१
तानसेन नगरपालिका –९ दमकडामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति दमकडा र पंक्षी संरक्षण संघले १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस तथा समितिको २६ औं वार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
मसानघाट नै अतिक्रमणमा
बुधबार, भदौ २६, २०८१
मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो ।
लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत
बुधबार, भदौ २६, २०८१
लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् ।
‘संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल
बुधबार, भदौ २६, २०८१
लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती विषयक छलफल कार्यक्रम गर्ने भएको छ । संविधान दिवस मनाउने कार्यक्रमअन्तर्गत संविधानका विषयमा विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम आयोजना गरिएको हो ।
हीरापाटाका एक सय ५० घरमा धारा जडान
बुधबार, भदौ २६, २०८१
पुतलीबजार नगरपालिका–१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् ।


