इरानमा भूकम्प, ४० भन्दा बढी घाइते
बिहीबार, फागुन ६, २०७७
गुल्मी झारफुक हत्या प्रकरण, इन्सेकद्वारा घटनाको प्रतिवेदन सार्वजनिक
शुक्रबार, माघ १६, २०७७
गत पुस २८ गते रेसुंगा नगरपालिका १ को उदिनढुंगामा बिमार सन्चो गराउने बहानामा विभिन्न धातुहरुले डामेपछि मृतक राम बहादुरसहित छोरा ३४ बर्षीय हुम बहादुर मुखिया, २७ बर्षीय कृष्ण मुखिया र रेसुंगा नगरपालिका ५ की ४० बर्षीया टोपला दमाई घाइते भएकी थिइन् ।
मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
शनिबार, माघ १०, २०७७
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले...
कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने
शुक्रबार, पुस २४, २०७७
दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने...
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
शुक्रबार, पुस १०, २०७७
दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो ।
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु
बिहीबार, पुस २, २०७७
कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो ।
बञ्जिजम्प पुल
मंगलबार, मंसिर ३०, २०७७
बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदी माथि हालै सञ्चालनमा आएको विश्वकै दोस्रो आग्लो बञ्जिजम्प पुल । उक्त पुल २ सय २८ मिटर अग्लो र ५ सय २५ मिटर लामो रहेको छ ।
नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने
आइतबार, मंसिर २८, २०७७
नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो ।
नेपाल–क्यानाडा परामर्श संयन्त्रको बैठक
शनिबार, मंसिर २७, २०७७
नेपाल–क्यानाडा परामर्श संयन्त्रको दोस्रो बैठक द्विपक्षीय व्यापार, लगानी, शैक्षिक तथा सांस्कृतिक सहयोग प्रवद्र्धन गर्ने सहमतिका साथ सम्पन्न भएको छ । अप्रत्यक्षरुपमा शुक्रबार साँझ भएको उक्त बैठकमा दुई वर्षअघि ओटावामा सम्पन्न संयन्त्रको पहिलो बैठकका निर्णयको समीक्षाका साथै पारस्परिक पर्यटन प्रवद्र्धन र जनस्तरको सम्बन्ध विकासलगायत विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ...
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै
बुधबार, मंसिर २४, २०७७
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
सगरमाथाको उचाइ ८६ सेमी बढ्यो
मंगलबार, मंसिर २३, २०७७
सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले मंगलबार संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८ सय ४८.८६ मिटर हुने भएको छ ।