Shittalpati
आज आत्महत्या रोकथाम दिवस

पाल्पा,‘ विश्व आत्महत्या रोकथाम दिवस’ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित नभई भर्चुअल प्रविधिमार्फत यो दिवस मनाइदै छ ।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित गैरसरकारी संस्थाहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउदै आएका छन् । आज पनि यि संस्थाहरुले भर्चुअल प्रविधिको माध्यमबाट विभिन्न कार्यक्रमहरु गर्दै छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो आँकडा अनुसार विश्वभरमा एक वर्षमा लगभग आठ लाख मानिस वा हरेक ४० सेकेण्डमा विश्वमा कतै कुनै एक मानिसको आत्महत्याको कारण ज्यान गइरहेको छ । आत्महत्याबाट बच्न र आत्महत्याको सोच आउन कम गराउने उद्देश्यले आज विभिन्न संघसंस्थाहरुले जनचेतनाका कार्यक्रम गर्दै छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update