Shittalpati
पाल्पामा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस

पाल्पा, प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको ३९ औं स्मृति दिवस बुधवार पाल्पामा पनि विशेष कार्यक्रम गरि मनाइएको छ । नेपाली काँग्रेसले जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण गरी दिवस मनाएको हो ।

काँग्रेसले जिल्लाको माथागढी, रैनादेवी छहरामा वृक्षारोपण गरेको छ । नेपाली काँग्रेस माथागढीले देउगीरमा वृक्षारोपण गरेको हो । उसले वी.पी.को स्मरण गर्दै विभिन्न जातका विरुवाहरु रोपण गरेको छ । नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले देउगीरमा विभिन्न प्रजातिका एक सय बढी बोट बिरुवा रोपेका थिए । वृक्षारोपण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस पाल्पाका उपसभापति देवराज ढकालले वी.पी.को योगदानको सबैले अनुसरण गर्नुपर्ने बताए । काँग्रेस क्षेत्र नम्वर १ का क्षेत्रिय सभापति तथा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले राष्ट्रको रक्षा तथा राष्ट्रियताका लागि वी.पी.को विचार र आदर्शको राजनीतिलाई अगाल्नुपर्ने बताएका छन् । उनले वी.पी.को सिद्धान्तकै कारण देशबाट राणा शासन, एकदलीय व्यवस्था र निरंकुश राजतन्त्र हटाउन कांँग्रेस सफल भएको स्मरण गरे । कार्यक्रममा काँग्रेस माथागढीका संयोजक बालकृष्ण जिसी, महासमिति सदस्य दानबहादुर पछाई,राष्ट्रिय मगर संघका जिल्ला सभापति झमनराज मगर, महाधिवेशन प्रतिनिधिहरु लक्ष्मण बस्याल,खड्का बहादुर कुंवर, नेपाली काँग्रेसका जिल्ला सदस्य कृष्णप्रसाद अधिकारी, नेपाल महिला संघ माथागढीका सभापति सावित्र पन्थी लगायतले वी.पी.को योगदानको स्मरण गर्दै आ–आफ्ना धारणा राखेका थिए ।

 

त्यस्तै रैनादेवी छहरामा पनि काँग्रेसले वृक्षारोपण गरेको छ । उसले रैनादेवी छहराको ब्रमहादेवी मन्दिर परिसरमा वृक्षारोपण गरेको हो । वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव अजय मान कर्मचार्य, काँग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति राम बहादुर कार्की, क्षेत्रीय सचिव यादब सिह कार्की,माहाधिवेशन प्रतिनिधि नलबहादुर राना,उद्योग वाणिज्य संघका महासचिव शैलेन्द्र भट्टराई,रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष चेत कुमारी थापा, गाउँपालिका प्रवक्ता विष्णुप्रसाद पोखरेल लगायले वी.पी.को योगदानको चर्चा गरेका थिए । वृक्षारोपण कार्यक्रममा सयौं कार्यकर्ताको उपस्थिति रहेको थियोे । उनीहरुले वी.पी.को सम्झनामा उनको कार्यको सम्झना गर्दै वृक्षारोपण गरेका थिए ।

३२ वर्षको उमेरमा नेपाली राष्ट्रि«य कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सुत्रपात गरेका वी.पी. २००७ सालको क्रान्तिका शीर्ष नेता थिए । जुन क्रान्तिको बेलमा १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । क्रान्तिपछि संविधानसभा निर्वाचन मार्फत् प्राप्त उपलब्धिको रक्षा गर्ने मार्गचित्र बनेको थियो तर राजा कुनै हालतमा संविधानसभामा चुनाव गराउन तयार नभएपछि वी.पी.ले संसदको चुनाव स्विकारे । २०१५ सालको आम चुनावमा नेपाली कांग्रेसलाई दुईतिहाई बहुमत दिलाएर पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । वी.पी. नेतृत्वको सरकारले बिर्ता उन्मुलन, वनको राष्ट्रि«यकरण, क्रान्तिकारी भूमिसुधार, वैज्ञानिक कर प्रणाली लागू गरेको थियो । उनको पालामा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका काम भए । वी.पी.को निधन भएको चार दशक पुग्नै लाग्दा उनले प्रतिपादन गरेको मेलमिलापको नीति अहिले सान्दर्भिक रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update