Shittalpati
निःशुल्क यातायात सेवा

बुटवल, दसैंको समयमा यात्र गर्ने यात्रुुहरुका लागि निःशुुल्क यातायात सेवा दिइने भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका बौद्धस्थल भ्रमण गर्न चाहने यात्रु तथा पर्यटकलाई निःशुल्क यातायातको व्यवस्था मिलाइएको हो ।

लुम्बिनी विकास कोषले बिहीबारबाट पाँचवटा विद्युतीय बस सञ्चालनमा ल्याएसँगै पर्यटन प्रवद्र्धनका लागि निःशुुल्क यातायात सेवाको व्यवस्था गरेको छ । दसैं अवधिभरी लुम्बिनी र नजिकका बुद्ध स्थलहरूको भ्रमणका लागि निःशुल्क यातायातको व्यवस्था मिलाइएको लुम्बिनी विकास कोषले जनाएको छ । कोषले विजया दशमीको अवसरमा पाँचवटा विद्युतीय बस परीक्षणका रूपमा अहिले सञ्चालन गरिहेको छ । पाँच वटा बस सहितका १४ वटा विद्युतीय भ्यान सञ्चालनमा आउन नसकेर वर्षौंदेखि लुम्बिनीमा थन्किएका थिए ।

ती बसद्वारा लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोटको साइड परिक्रमा, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवाको सिमानाका बेलहियासम्म, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्धको मावलीस्थल देवदह, लुम्बिनीदेखि भैरहवाको बुद्धचोक हुँदै बुटवलको गोलपार्कसम्म निःशुल्क यातायातको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update