Shittalpati
तानसेनमा विपद् व्यवस्थापनमा गर्नुपर्ने उद्दार र तयारीका विषयमा प्रदर्शनी

कृष्ण पोखरेल
तानसेन, विपद्को समयमा उद्दार गर्ने शैलीका विषयमा तयार गरेको प्रयोगात्मक अभ्यास तानसेनमा प्रदर्शन गरिएको छ । विपद् हुनु अघि, विपद्का बेला र विपद् भैसकेपछि तीनवटै अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा जिल्लाका सुरक्षा निकायहरुले जनचेतनामुलक प्रदर्शन गरेका हुन् । पहाडी क्षेत्रमा हुने बाढी पहिरो, डुवान तथा आगलागी जस्ता विपत्तिमा तत्काल गर्नुपर्ने सहयोगका विषयमा जनताबिच प्रर्दशन गरिएको हो । जिल्ला विपद् व्यबस्थापन समितिको समन्वयमा नेपाली सेना गोखरदल गणको आयोजनामा विपद् व्यबस्थापनको प्रदर्शनी तानसेनको अप्पू भिलेज र नारायणस्थानमा गरिएको छ । बर्षात्को समयमा पहाडी क्षेत्रमा बाढी पहिरो र तराई क्षेत्रमा डुवानका कारण ठूलो जनधनको क्षती हँुदै आएको समयमा नेपाली सेनाले समस्यामा परेका व्यक्तिहरुको उद्दारका विषयमा प्रदर्शनी गरेका थिए ।

विपद् व्यवस्थापन प्रदर्शनीमा बाढी पहिरोमा पसेका व्यक्तिहरुलाई सुरक्षाकर्मीहरुको गस्तीले गरेको उद्दारका विषयमा सर्वसाधरणमा प्रदर्शन गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीबल, नेपाल रेडक्रस, एनसीसीको संयुक्त टोलीले गरेको प्रदर्शनीले अपु भिलेज तर्फ के घटना घटेको हो भनी सर्वसाधारणहरु अत्तालिदै घटनास्थलमा पुगेका थिए । घटनास्थलमा पुगेपछी मात्र सर्वसाधारणहरुले विपद् व्यवस्थापनमा सुरक्षाकर्मीले गरेको प्रर्दशनीका विषयमा जानकारी प्राप्त गरेका थिए ।

कार्यक्रममा घरमाथिबाट झरेको पहिरोले एकै घरपरिवारका दुईजनालाई बगाएको, परिवारमा रुवाबासी चलेको गस्तीमा हिडेरहेका सुरक्षाकर्मीको घटनास्थलको विषयमा जानकारी लिइएको थियो । पहिरोस्थल अत्यन्तै जोखिम, भिर भएको, उद्दारका लागि जानका कुनै बाटो नभएकाले डोरीको सहायताबाट सुरक्षाकर्मी उद्दारमा जुटेका थिए । पहिरोले बगाएको केही तल भिरमा अड्किएको अवस्थामा कोही व्यक्ति चिच्याई रहेको जानकारी गस्तीमा हिडेको टोलीले जानकारी पाएपछि डोरीको सहायताबाट उद्दार स्थलमा सुरक्षाकर्मी पुगेका थिए । घटनास्थमा पहिरोले बगाएका दुई जना मध्ये एक जना घाईते र एक जना मृत अवस्थामा भेटिएपछि सुरक्षाकर्मीले तत्कालै डोरीको सहायताबाट घाईतेको उद्दार गरी एम्वुलेन्समार्फत अस्पताल पुर्‍याएका थिए ।

नदी तथा तलाउ पोखरीमा कुनै व्यक्ति डुवेमा गर्ने उद्दारको विषयमा नारायणस्थान पोखरीमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले प्रदर्शनी देखाएको छ । तुईन तथा घिर्नीको माध्यमबाट नदी तलाउ पोखरीमा बारपार गर्ने, शरिर डुवाएर एउटा डोरीको माध्यमबाट नदी वारपार गर्ने, मानिसले प्रयोग गर्दै आएका रवर टियुव, मिनिरल वाटरका खाली बोटल, खाली प्लास्टिकका ड्रम प्रयोग गरी नदी वारपारको बारेमा प्रदर्शन गरिएको थियो । नारायणस्थमा पोखरीमा पौडी खेल्दा खेल्दै केही व्यक्ति डुवेको अवस्थामा सुरक्षाकर्मीहरुले उद्दार गरी तत्काल अस्पाल पु¥याएको घटना प्रदर्शनमी देखाईएको थियो । नारायणस्थानको पोखरीमा गरिएको विपद् व्यबस्थापन सम्वन्धी प्रदर्शनी हेर्न सयौ मानिसको भिड लागेको थियो ।

सर्वसाधारणमा विपद् व्यवस्थापनमा गर्नुपर्ने उद्दारको र उद्दारका लागि अपनाउनु पर्ने सावधानी तथा तयारीको अवस्थाको जानकारी गराउन यो प्रदर्शनी गरिएको प्रमुख सेनानी जनक कुमार बस्नेतले बताए । उनले भने ‘विपदका घटना भएपछि बढी आत्तिने र हतार हतारमा उद्दार गर्न खोज्दा समस्या थपिने क्रम बढेको र सुरक्षाकर्मी आफैं उद्दारमा पुग्दा समय लाग्ने गरेका कारण क्षति बढ्ने भएकाले उद्दारकार्यमा सबैलाई सेचत गाराउन यो अभ्यास सुरु गरिएको हो । ’ विपद भैसकेपछि हतास हुनुभन्दा विपद् व्यवस्थापनमा लागे अकालमा ज्यान जानबाट बच्न र बचाउन सकिने सेनानी बस्नेतले बताए । तानसेन नगरपालिका वडा नंं ११ सम्मोवारीमा झरेको पहिरोमा उद्दारको लागि पनि नेपाली सेनाले डोरीको सहायता लिई काम गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update