Shittalpati
धुर्काेट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खरिद गरिदिने

रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको एक स्थानीय तहले किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाले गाउँपालिका क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको हो ।

कृषकलाई खेतबारी बाँझो नराखी उत्पादनमा जोड्ने उदेश्यले उत्पादित वस्तुको मुल्य तोकेर पालिकाले कृषि उपज खरिद गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले जानकारी दिए । उनका अनुसार मुलाको सिन्की प्रतिकिलो ४ सय रुपैयाँ, मुला सुकाएको चाना प्रतिकिलो ६० रुपैयाँ मूल्य तोकिएको छ । त्यस्तै तितौरा किलोको ३ सय ८०, बेसार सुकाएको चाना किलोको २ सय ८५, ग्रडिङ गरेको मकै किलोको ४०, खैरो भट्ट किलोको ७०, खेतो भट्ट ७० र खैरे गहत किलोको ९० रुपैयाँ मूल्य तोकिएको छ ।

कृषकसँग खरिद गरेको वस्तु आर्थिक समृद्धिको लागि ग्रामीण कृषि उद्यमशीलता बुटवललाई बिक्री गरिने बताईएको छ । धुर्कोटमा उत्पादन भएको कृषि उपजलाई खरिद गरिदिने र गाउँपालिकाले बिक्री गर्ने गरी गाउँपालिका र उद्याशिलताबीच सम्झौता भएको हो । गाउँपालिकाले किसानहरुको लागि यस्तै महत्वपूर्ण कार्यहरु गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update