Shittalpati
पाल्पा–१ मा एमालेका आचार्य विजयी

पाल्पा, पाल्पा क्षेत्र नं .१ को प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नारायणप्रसाद आचार्य विजयी भएका छन् । उनले ३१ हजार १ सय ३ मत ल्याई विजयी भएका हुुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कँंग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएको मुुख्य निर्वाचनको कार्यालयले जनाएको छ । पराजित गाहाले २० हजार २ सय ५६ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार विपिन कंडेलले २ हजार ८ सय ६३ मत ल्याएर तेस्रोमा छन् । यस्तै मंगोल नेशनल अर्गनाइजेसनका थम्मनबहादुर बूूढा मगरले १ हजार ९ सय १६, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले २ सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीका उजर सिं दर्लामीले १ सय ९, स्वतन्त्र उम्मेदवार राजुु सुनारले ६६, जनता समाजवादी पार्टीका मेहरमान रानाले ५०, स्वतन्त्र उम्मेदवार नारायण न्यौपानेले २१, अर्का स्वतन्त्र डोलराज तिमिल्सीनाले ७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update