Shittalpati
गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको रोचक प्रतिस्पर्धा, संघर्ष गर्दै ज्ञवाली

पाल्पा, गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीचको प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । दुवै प्रभावशाली नेताका रुपमा छवि बनाएका यि दुईबीचको चुनावी परिणामको मतान्तर किनै कम हुँदा भिडन्त अत्यन्त रोचक बनेको हो ।

यहाँ नेकपा एमालेका ज्ञवाली भण्डारीसँग सुरुवात देखि नै संघर्षरत छन् । यस अघिको सार्वजनिक मतपरिणाम अनुसार काँग्रेसका भण्डारीले ९ सय ८४ मतले अग्रता लिएका थिए । अहिले भने भण्डारीले मतान्तर घटाएका छन् । उनी ज्ञवाली भन्दा ३ सय ९८ मतले अगाडि छन् । भण्डारीले १४ हजार ४ सय ७३ मत ल्याई अग्रस्थानमा छन् भने निकटतम् प्रतिद्वन्द्वी एमालेका ज्ञवालीले १४ हजार ७५ मत ल्याएर पछ्याइरहेका छन् ।

२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनबाट भण्डारी र ज्ञवाली चुनावी लडाइँ लडिरहेका छन् । पहिलो संविधान सभा निर्वाचनमा ज्ञवालीले २३ हजार २ सय ५३ मत ल्याउँदा भण्डारीले २१ हजार १०१ मत पाएका थिए । २०६४ यता भएका ३ निर्वाचनमा ज्ञवालीले २ जित र भण्डारीले १ जित निकालेका छन् । अहिले ज्ञवाली ‘ह्याट्रिक’ गर्ने योजनामा छन् । भण्डारी ज्ञवालीसँगको प्रतिस्पर्धामा दोस्रो जित निकालेर बराबरी गर्ने दाउ छन् ।२०७० को दोस्रो संविधान सभाको निर्वाचनमा भण्डारीले ज्ञवालीसँगको हार उल्ट्याएका थिए । ज्ञवालीले १८ हजार ६ सय ८१ मत ल्याउँदा भण्डारी २१ हजार १ सय ८९ मतसहित विजयी भए । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने ज्ञवाली विजयी भए । तत्कालीन बाम–गठबन्धनका उम्मेदवार ज्ञवालीले ३७ हजार ८सय १४ मत ल्याउँदा भण्डारीले ३० हजार २ सय ५६ मत ल्याएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update