Shittalpati
पाल्पा १ (१) मा एमालेका श्रेष्ठ विजयी

पाल्पा, नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ पाल्पा निर्वाचन क्षेत्र नं.१ (१) को प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनी नेपाली काँग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३ सय ९० मतान्तरले पराजित गर्दै विजयी भएका हु्न् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार श्रेष्ठले १७ हजार ६ सय ४२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी खनालले १२ हजार २ सय ५२ मत ल्याए ।

यस्तै प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर रुचालले २ सय ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले ४ सय ३१ मत प्राप्त गरेका छन् । यस्तै घर चिह्नका भिमसेन सुनारी मगरले ८० मत पाएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update