Shittalpati
पाल्पा काँग्रेस अधिवेशन : राजमगर र जिसी क्षेत्रीय सभापतिमा विजयी

कृष्ण पोखरेल
पाल्पा, नेपाली काँग्रेस पाल्पाको प्रतिनिधिसभा क्षेत्रअन्र्तगतको निर्वाचनमा झमनबहादुर राजमगर र मुक्ति (माधव) जिसी क्षेत्रीय सभापतिमा विजयी भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको पाल्पा १ मा राजमगर र २ जिसी विजयी भएका हुन ।

दुई समूहबीच भएको क्षेत्रीय समितिको प्रतिस्पर्धामा दुबैतर्फ आ–आफ्ना प्यानलसहित विजयी भएका हुन् । सोमबार सम्पन्न निर्वाचनको मंगलबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा राजगमगरले आफ्ना प्रतिस्पर्धी विष्णु बमरेलाई पछि पार्दै जीत हासिल गरेका हुन् । राजगमरले ४ सय ८८ मत ल्याई विजयी भए भने बमरेल १०२ मत ल्याई पराजित भएका छन् । क्षेत्र नं २ मा जिसीले आफ्ना प्रतिस्पर्धी यादवसिं कार्कीलाई पराजित गर्दै सभापति बनेका छन् । विजयी जि.सी.ले ४ सय ६० मत ल्याएका थिए भने प्रतिस्पर्धी कार्कीले २ सय १४ मत ल्याई पराजित भए ।

कुन निर्वाचन क्षेत्रबाट को–को निर्वाचित :

पाल्पा क्षेत्र नंं १ को क्षेत्रीय अन्य पदाधिकारीहरुमा झमनकै समुहबाटै सचिवमा कपिल खाँण र मधु पराजुली, सह–सचिवमा जंग बहादुर दर्लामी र दिपक अर्याल निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यमा दल बहादुर थापा, माधव खड्का, मधुसुदन पोखरेल विजयी भए । खुला महिला सदस्यमा पार्वती न्यौपाने, खुला जनजातीमा केशव ढेंगा, वम बहादुर सिंजाली, महिला जनजातीमा नरदेवी थापा, रुपकला राना, खस आर्यमा तिलक मल्ल, दलितमा क्षेत्र बहादुर नेपाली र समावेशीमा जुनु शेख निर्विरोध निर्वाचित भएका छन । केन्द्रिय महाधिवेशन खुला प्रतिनिधीहरुमा कृष्ण अधिकारी, खगेश्वर पाठक, दान बहादुर पछाई, रमण बहादुर थापा सन्तोष कुमार थापा, शालिकराम पाण्डे, ज्ञान बहादुर गाहा, कल्प पौडेल, देवराज ढकाल, लक्ष्मण भट्टराई विजयी भएका छन् । खुलामा ज्ञान बहादुर गाहाले सवैभन्दा धेरै ४ सय ९४ मत पाएका थिए । केन्द्रिय महाधिवेशन प्रतिनिधीमा क्षेत्र नं १ बाटै खस आर्यमा खिम बहादुर क्षेत्री, विजया भट्टराई, खुला महिला गंगा पंगेनी, दुर्गा देवी भण्डारी, पवित्रा ढकाल, विष्णुमाया ढकाल, जनजाती महिला ननिसरा गाहा, मुना थापा, सिमादेवी थापा, जनजाती पुरुषमा डिल बहादुर ढेंगा, पुर्ण कुमारी सोती, विष्णु कुमार थापा, सन्दिप राना, दलितमा अर्जुन विश्वकर्मा समावेशीमा हजिलदिन मिया विजयी भएका छन् । पाल्पा क्षेत्र नंं २ मा क्षेत्रीय सचिवमा कृष्ण बहादुर आले, टंकनाथ न्यौपाने, सह सचिवमा मनसिंह कुवँर, झपेन्द्र पचभैया, प्रत्यक्ष खुला तर्फ पाण्डव पौडेल, विष्णु गैरे, रकी कविराज, प्रत्यक्ष महिलातर्फ भगवती घिमिरे, खसआर्य सुरेश रायमाझी, खस आर्य महिला लक्ष्मी पाण्डे, जनजाती खुलामा गंगा राना वगाले, पूर्णबहादुर श्रेष्ठ, जनजाती महिला सुनिता श्रेष्ठ, दलित मोहन हेमचुरी, मधेशी राजीव कुमार शाह निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधी प्रत्यक्ष खुलाबाट कृष्ण प्रसाद बस्याल, झपेन्द्र गहिरे, महेन्द्र प्रसाद पाण्डे, मेजर सिंह के.सी., यमलाल तिमिल्सिना, रामेश्वर पंन्थी, विधान प्रसाद श्रेष्ठ, विर बहादुर राना, शंकर रायमाझी, हिमालदत्त श्रेष्ठ विजयी भएका छन् । खुला केन्द्रिय प्रतिनिधीमा सबैभन्दा बढी मत पार्टी सभापती विर बहादुर रानाले ५ सय ४४ मत ल्याए ।

प्रत्यक्ष महिलातर्फ केन्द्रिय प्रतिनिधीमा धनकला गाँहा, लालकुमारी राना, शान्ता बोहोरा, सुनिता अधिकारी विजयी भए खस आर्य खुलामा पौडेल समुहबाट राम काकी, शिवचन्द्र खनाल निर्वाचित भए । खस आर्य महिलाबाट कान्ता अधिकारी, बसन्ती घिमिरे निर्विरोध निर्वाचित भए । आदिवासी जनजाती खुलामा पौडेल समुहबाट कृष्ण बहादुर राना, नल बहादुर राना, राजेन्द्र गोपाल सिंह विजयी भए । आदिवासी जनजाती महिलामा शान्ती झेडी थापा र शोभा शाक्य निर्विरोध निर्वाचित भएका छन् । दलितबाट लक्ष्मण हिंताङ्ग, समावेशी अपाङ्ग, मुस्लिमा जमिला मिया विजयी भए । मंगलबार प्राप्त मत परिणाम अनुसार रामचन्द्र पौडेल निकट मानिने जिल्ला सभापती वीर बहादुर राना पक्षिय उम्मेद्वारहरु विजयी भएका हुन् । पाल्पामा पौडेल पक्षबाट वीर बहादुर राना र देउवा पक्षबाट पूर्व सांसद हरीप्रसाद नेपाल पक्षका उम्मेद्वारहरु चुनावी मैदानमा रहेका थिए । यही मंसिर १० गते हुने जिल्ला अधिवेशनमा जिल्ला सभापतिको लागि यमलाल तिमिल्सीना, कृष्ण प्रसाद बस्याल, हिमालदत्त श्रेष्ठ र देवराज ढकालले उम्मेदवारी दिने चर्चा चलेको छ । तिमिल्सीना, बस्याल र श्रेष्ठ पौडेल समुहका हुन भने ढकाल देउवा समुहका हुन । जिल्ला नेतृत्वमा सहमतीमा चयन गरिने जिल्ला सभापति विरबहादुर रानाले बताए । प्रदेशसभा देखी दुबै समुहले प्यानल बनाएर निर्वाचन गरेकोले जिल्ला अधिवेशन पनि चुनावी प्रक्रियाबाटै टुङ्गोलाग्ने काँग्रेस कार्यकर्ताले बताएका छन ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update