Shittalpati
बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकजना कोराना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको हो ।

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज २ गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनलाई सघन कक्षमा राखेर उपचार थालिएको थियो । अस्पतालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मुटुका रोगी समेत थिए ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update