Shittalpati
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा चन्द

पाल्पा । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति स्व.सुशील कोईरालाको सम्झनामा स्थापित सुशील कोईराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा विद्यार्थी नेता युबराज चन्द ठकुरी चयन भएका छन् । चन्दलाई सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापाले जिल्ला कार्यसमितिको अध्यक्ष पदको जिम्मेवारीको हस्ताक्षरित पत्र पठाएका छन् ।

लामो समयदेखी नेविसंघको राजनितिमा क्रियाशिल विद्यार्थी नेता चन्द नेविसंघका जिल्ला सदस्य हुन् । गुल्मीको मदाने गाउँपालिका अग्लुङ्ग स्थायी घर भएका उनी विद्यार्थी राजनितिमा निकै सक्रिय हुँदै आएका छन् । चन्द विद्यार्थीबीच लोकप्रिय व्यक्तिको रुपमा समेत परिचित छन् । समितिको अन्य पदाधिकारी र सदस्यहरुको भने छलफल पछि टुंगो लाग्ने बताईएको छ । जिम्मेवारी समाल्दै चन्दले स्वर्गिय सुशील कोईरालाले देखाएको बाटोमा आम युवाहरु हिड्नका लागि सर्कलले प्रेरित बनाउने विश्वास रहेको बताए । उनले युथ सर्कलमार्फत युवाहरुको क्षमता र नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धा व्यक्त गरेका छन् । चन्दले जिल्ला कार्यसमितिलाई पूर्णता दिने क्रममा सबै युवाहरुको छलफलबाट प्रतिनिधित्व हुनेगरी कार्यसमितिलाई पूर्णता दिने बताए । उनले नेपालको संविधान जारी गर्ने संविधानका पिता समेत भनेर चिनिने स्व. सुशील कोइरालाले देखेको सपनालाई साकार पार्ने अभियानमा लाग्ने बताए । चन्दले युथ सर्कलमार्फत काँग्रेसभित्र देखिएको विकृति र विसंगतिको अत्यका लागि पनि प्रयास गर्ने बताए ।

सन् १९३९ विराटनगरमा जन्मिएका स्व. कोइराला पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए भने काँग्रेसको १२ औं महाधिवेशनबाट सभापतिमा विजयी भएका थिए । कोईराला २०७० माघमा नेपालको ३७ औं प्रधानमन्त्रीको निर्वाचित भए । उनको वि. सं. २०७२ माघ २६, काठमाडौको महाराजगञ्ज स्थित आफनै निवासमा निधन भएको थियो । कोइराला सन्त राजनीतिक नेताका रूपमा पनि परिचित थिए । उनकै सम्झनामा युथ सर्कलको स्थापना गरिएको हो ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update