Shittalpati
राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग

पाल्पा, निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेल सफलले आयोगसमक्ष उजुरी दिएका हुन् ।

‘निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको रास्वपाका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासको माघ १३ गतेको फैसलाले अनागरिक भएको ठहर गरेको निजले दल दर्ता गर्दा एवं संसद्को उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनः अवैधानिक रहेको पुष्टि हुन्छ’ निवेदनमा भनिएको छ । अवैधानिक नागरिकता पेश गरी लामिछानेको अध्यक्षतामा बसेको बैठकले दल खोल्ने निर्णय गरेकाले सो हस्ताक्षर अवैध ठहर भएको निवेदनमा भनिएको छ । गैरनागरिक गृहमन्त्री हुँदा राष्ट्रको विरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने कार्य भएको कारण रास्वपा खारेज हुनुपर्ने माग गरिएको छ ।

गत साता सर्वोच्च अदालतले नेपाली नागरिकता नलिइकन प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको भन्दै उपप्रधान तथा सांसद पद खारेज गरिदिए पछि लामिछाने दुवै पदवाट मुक्त भएका थिए । गत साता सर्वोच्च अदालतले नेपाली नागरिकता नलिइकन प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको भन्दै उनको उपप्रधान तथा सांसद पद खारेज गरिदिए पछि लामिछाने दुवै पदवाट मुक्त भएका थिए । उपप्रधानमन्त्री तथा गृह मन्त्रीको जिम्मेवारी मुक्त भएका लामिछानेको पार्टी नै गलत कागजात पेश गरी दर्ता गरेको भन्दै पौडेलले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update