Shittalpati
बुटवलमा मृत्यु भएका थापाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

पाल्पा । आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवक बाबुराम थापामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । 

कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा भर्ना भएका थापाको आइतबार मृत्यु भएको थियो । जिल्लाको रिब्दीकोट गाउँपालिका ५ कुसुमखोलाका ३४ वर्षीय थापाको बुटवल स्थित निर्माण गरिएको कोरोना विशेष अस्थाई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । रुपन्देहीको सैनामैना नगरपालिका ७ मा श्रीमती र दुई छोरासहित डेरा गरी बस्दै आएका उनी चैत ६ गते मलेसियाबाट आएका थिए ।

उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राखिएको थियो । उनको कोरोना संक्रमणको परीक्षणको लागि स्वाब संकलन गरेर काठमाडौं पठाइएको थियो । थापाको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  ०२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update