Shittalpati
स्वास्थ्यकर्मीलाई विभिन्न रोग सम्बन्धी अभिमुखिकरण

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई विभिन्न रोग सम्बन्धी अभमिुखीकरण तालिम दिइएको छ । स्वास्थ्य उपचारलाई थप गुणस्तरीय र व्यवस्थित बनाउन यहाँका हेल्थ असिस्टेन्ट र अहेवहरुलाई दुई दिने अभमिुखीकरण तालिम दिइएको हो ।

उनीहरुलाई नाक, कान आँखा घाटी र मुख रोग सम्बन्धी अभिमुखिकरण तालिम दिइएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । समुदायस्तरका नागरिक समक्ष रोग र त्यसले पुर्याउने असरका विषयमा सचेतना जगाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रलाई थप गुणस्तरी र सुविधा सम्पन्न बनाउने गरी कार्यक्रम तथा योजनाहरु बनाइएको बताए । स्थानीय तहमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सम्बन्धी धेरै ज्ञान तथा सिपको आवश्यकता पर्ने भन्दै अध्यक्ष कार्कीले त्यसको प्रबन्ध पालिकाले मिलाउने बताए । गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले स्वास्थ्य क्षेत्रको सेवालाई थप चुस्त र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिन् । स्वास्थ्य निकै संवेदनशील क्षेत्र भएकाले त्यसको महत्वलाई आम नागरिक समक्ष पु¥याउन अभिमुखीकरण तालिम कोशे ढुङ्गा सावित हुने प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालले बताए । उनले तालिममा सिकेका कुराहरुलाई गाउँ गाउँमा पुगेर सबैलाई सचेतना फैलाउन तालिममा सहभागी स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । अधिकृत अर्यालले सरसफाईको कमीका कारण विभिन्न रोगहरु लाग्न सक्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए । स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी, प्राथमिक स्वास्थ्य केन्द्र खसौलीका प्रमुख डा. सुर्धन न्यौपाने, अ.न.मी. बसन्ता कँुवरले तालिमको सहजीकरण गरेका थिए । तालिममा २९ जनाको स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको शिव जिसीले बताए ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update