Shittalpati
बगनासकालीका टोल–टोलमा सम्झौता, सम्झौता पछि काम सुरू
बगनासकालीका टोल–टोलमा सम्झौता, सम्झौता पछि काम सुरू वडा–वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता, बैक खाता सञ्चालनको लागि उपभोक्ताहरु गाउँपालिकाको कार्यालय तथा सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । आर्थिक वर्ष समाप्त हुने महिना असारसम्म उपभोक्ताबाट योजना सम्झौता गर्ने, बीसदेखि पच्चिस दिनसम्म काम सकेर कागजी फरफारक गर्ने देशव्यापी परम्परालाई पाल्पाको बगनासकाली गाउँपालिकाले यस बर्ष तोडेको छ ।
वर्षा र हिमपातका कारण मुलुकभर चिसो बढ्यो
वर्षा र हिमपातका कारण मुलुकभर चिसो बढ्यो पश्चिमी वायुको प्रभावले बुधबार देशको अधिकांश भू–भागमा मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मंगलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ ।
आज पन्ध्र पुस र तमु ल्होसार
आज पन्ध्र पुस र तमु ल्होसार नेपाल एक विविधताले भरिपूर्ण भएको सुन्दर देश हो । विभिन्न जातजाति भेष भुषा र साँस्कृतिक पहिचानले विश्व मानचित्रमा देशले महत्वपूर्ण स्थान ओगटेको छ । आज विशेष गरी मगर समुदायले पन्ध्र पुस र गुरुङ्ग समुदायले तमु ल्होसार पर्व धुमधामका साथ मनाउँदै छन् । विभिन्न जातजाति र समुदायले मनाउने पर्व फरक–फरक भएपनि...
सिङ्गो वस्ती नै काँग्रेसमा प्रवेश
सिङ्गो वस्ती नै काँग्रेसमा प्रवेश एमालेको प्रभाव भएको रुरु क्षेत्र वडा २ सानो ग्वाँदीको सिङ्गो वस्तीका २८ घरका ६० जना भन्दा धेरै स्थानीयहरु एमाले परित्याग गरी नेपाली काँग्रेसमा एक साथ प्रवेश गरेका छन् । स्थानीय समाजसेवी, दलित अगुवा नेकपा एमालेका गाउँ कार्यसमिति सदस्य कृष्णबहादुर विकको नेतृत्वमा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् ।
पाल्पा निस्दीमा चितुवा आतङ्क
पाल्पा निस्दीमा चितुवा आतङ्क पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतङ्क बढेको छ । गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।
भोलिदेखि मौसममा क्रमिक सुधार हुने
भोलिदेखि मौसममा क्रमिक सुधार हुने पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ ।
वाणिज्य बैंकले पूर्व कर्मचारीलाई १५ लाखसम्म कर्जा दिने
वाणिज्य बैंकले पूर्व कर्मचारीलाई १५ लाखसम्म कर्जा दिने राष्ट्रिय वाणिज्य बैंकलेराष्ट्रिय परीक्षा बोर्डका निवृत्त कर्मचारीलाई १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठर बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालबीच सुलभ कर्जा प्रवाह सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
ग्रामीण क्षेत्रका महिला कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर
ग्रामीण क्षेत्रका महिला कृषि र पशुपालन व्यवसायमा आत्मनिर्भर यहाँका ग्रामीण क्षेत्रका महिला पछिल्ला वर्षमा आत्मनिर्भर बन्न थालेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला कृषि तथा पशुपालनका क्षेत्रमा लागेपछि आत्मनिर्भर हुन थालेका हुन् । परिश्रमी महिला स्वदेशमा नै कर्म गरी प्रशस्त आम्दानी गरिरहेका छन् ।
‘एक वडा एक किलोमिटर सडक कालोपत्र’
‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ ।
थप २ सय ६४ जनामा कोरोना भाइरस पुष्टि
थप २ सय ६४ जनामा कोरोना भाइरस पुष्टि पछिल्लो २४ घण्टामा थप २ सय ६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समयमा थप २ सय ६४ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
लोकतन्त्रको सुन्दर पक्ष :  निर्वाचन
लोकतन्त्रको सुन्दर पक्ष : निर्वाचन समयले मुलुकलाई निर्वाचनको वहावमा धकेलिरहेको आभास हुन्छ । जाडोको मौसमसंँगै चाडै नै हुने निर्वाचनको हल्लाले आम नेपालीलाई तताइरहेको छ । निर्वाचन आयोगले आफुले सम्पन्न गर्नसक्ने समय तालिका सार्वजनिक गरेसँगै दलहरु निर्वाचनको आन्तरिक गृहकार्यमा व्यस्त देखिन्छन् ।
Weather Update