Shittalpati
लोकतन्त्रको सुन्दर पक्ष :  निर्वाचन

समयले मुलुकलाई निर्वाचनको वहावमा धकेलिरहेको आभास हुन्छ । जाडोको मौसमसंँगै चाडै नै हुने निर्वाचनको हल्लाले आम नेपालीलाई तताइरहेको छ । निर्वाचन आयोगले आफुले सम्पन्न गर्नसक्ने समय तालिका सार्वजनिक गरेसँगै दलहरु निर्वाचनको आन्तरिक गृहकार्यमा व्यस्त देखिन्छन् । स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई फरक–फरक मितिमा गर्ने कि एक साथ गर्ने भन्ने विषयमा भने अझै पनि अन्यौलता कायमै रहेको देखिन्छ । जे होस्, लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचनलाई समयमै सम्पन्न गर्न सक्नुपर्ने सरकारको महत्वपूर्ण दायित्वलाई अनुभूति गरेर निर्वाचनको तयारीका लागि सम्बन्धित सबै पक्षलाई तम्तयार हुन लगाउने कार्य अहिले भित्रभित्रै व्यापक रुपमा भएका छन् र त्यसका लागि आवश्यकपर्ने दलहरुको निर्णय र सहमतिका आधारमा दिन तोकिन्छ भन्ने आशा र विश्वासमा आम नेपाली मतदाताहरुले पर्खिरहेका छन् ।

आम नेपाली जनताको चाहना भनेकै निस्पक्ष निर्वाचन हो । आवधिक निर्वाचन प्रणालीलाई निस्पक्षताको निखारबाट अगाडि बढाउन सक्नु पनि लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसकारण निर्वाचन गर्ने कार्य निर्वाचन आयोगको होला सुरक्षा र अन्य व्यवस्थापकिय कार्य सरकारले गर्ला तर निर्वाचनलाई धाँधलीरहीत र निस्पक्ष सम्पन्न गर्ने कार्यमा मुलुकका राजनैतिक दल अनि आममतदाता, सर्वसाधारणको पनि उत्तीकै दायित्व हो भन्ने कुरा सबैले बुझ्नुपर्ने हुन्छ । निर्वाचनको तिथि मिति नजिकिदै जाँदा विभिन्न किसिमका समस्या उत्पन्न हुने र त्यसको समाधानका लागि एक आपसमा दलहरु नै लाग्नुपर्ने भएका कारण पनि दलीय व्यवस्थामा हुने निर्वाचन सर्वदलीय सहमति र समझदारीका आधारभूत मूल्य र मान्यताका आधारमा गर्नुपर्ने हुन्छ । निर्वाचन गर्नका लागि मात्रै भन्दा पनि आवधिक निर्वाचनको कानुनी विश्वव्यापी मान्यतालाई व्यवहारिक र वास्तविकताको धरालतसम्मको पहिचानका लागि आसन्न हुन लागेका निर्वाचनहरु लोकतन्त्रको मूल्य र मान्यता अनुरुप हुनुपर्ने हुन्छ । अन्यथा निर्वाचन मेलो सक्ने कार्य मात्रै नहोस् भन्ने आम नेपाली जनताको चहाना हो । यसलाई पुरा गर्ने दायित्वबाट हामी कोई पनि पछि हट्न हुदैन ।

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update