नवजनचेतना राष्ट्रिय दैनिक २०७९ असार ९ गते बिहीबार
बिहीबार, असार ९, २०७९
एमालेको बैठक तिनाउको सत्यवतीमा
बिहीबार, असार ९, २०७९
नेकपा एमाले तिनाउ गाउँ कमिटी वडा नंं ४ को सत्यवतीमा पार्टी बैठक भएको छ । बैठकले असार मसान्त भित्र पार्टी सदस्य नविकरण गर्ने र श्रावण महिनामा पार्टी कार्यकर्ताबिच प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्यण गरेको छ ।
आजदेखि बालबालिकालाई खोप
बिहीबार, असार ९, २०७९
पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आजदेखि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ । त्यसैगरी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ ।
विद्युत् महसुलमा उपभोक्तालाई छुट
बिहीबार, असार ९, २०७९
विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो ।
३६ वर्षपछि कुलोमा पानी
बिहीबार, असार ९, २०७९
आयोजना सञ्चालन भएको ३६ वर्षपछि कुलोमा पानी पुगेको छ । जिल्लाको तिनाउ गाउँपालिका–१, कचलमा २०४३ सालमा कचल फाँटमा सिचाई आयोजनको काम सुरु भए पनि बजेट अभाव र भौगोलिक कठीनाईका कारण अलपत्र परेको आयोजना ३६ वर्षपछि सञ्चालनमा आएको हो ।
भुवनपोखरी स्वास्थ्य चौकीमा बर्थिङ्ग र प्रयोगशाला सेवा
बिहीबार, असार ९, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर तथा ल्याव प्रयोगशाला सेवा शुभारम्भ भएको छ । बर्थिङ्ग सेन्टर तथा ल्याव प्रयोगशाला सेवाको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले शुभारम्भ गरेका छन् ।
विपद्को पूर्वतयारी गरौं
बिहीबार, असार ९, २०७९
असार, साउन र भदौ महिना बढी वर्षा हुने समय हो । त्यसैले त यि महिनालाई बर्खाको समय पनि भन्ने गरिन्छ । यस वर्षको बर्खा सुरु भएको छ ।
रविको पार्टीविरुद्ध उजुरी
बुधबार, असार ८, २०७९
रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’विरुद्ध उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियान र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले निर्वाचन आयोगमा दुई छुट्टा–छुट्टै उजुरी दिएका छन् ।
रेसुङ्गाले माग्यो नीति तथा कार्यक्रमलाई सुझाव
बुधबार, असार ८, २०७९
जिल्लाको रेसुङ्गा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटका विषयमा बृहत्तर रुपमा आम भेलाको आयोजना गरी सुझाव संकलन गरेको छ । सुझाव संकलनमा नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निवर्तमान नगरप्रमुख तथा स्थानीय तहको निर्वाचनका प्रत्यासी उम्मेदवार, राजनैतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, समाजसेवी, नागरिक समाज, पत्रकार...
जग्गा धितो राखेर ऋण पाउन सकिने
बुधबार, असार ८, २०७९
जग्गा धितो राखि ऋण प्रवाह गर्न सकिने भएको छ । सर्वोच्च अदालतको अन्तिरम आदेश बमोजिम हाललाई वर्गिकरण नभएपनि जग्गा धितो राखि ऋण गर्ने, धितो बन्धक पास गर्न सकिने भएको हो ।
बढ्दो इन्धन मूल्यको समाधान खोज
बुधबार, असार ८, २०७९
इन्धनको मूल्यमा भएको वृद्धिको सोझो असर हरेक वस्तुको भाउमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएपछि त्यसको असार नेपालीको भान्सासम्म पुगेको छ । अचाक्ली इन्धनको मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकेको छ ।


