Shittalpati
विकास बजेट सधैं फ्रिज
विकास बजेट सधैं फ्रिज पाल्पामा संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये २२.२७ प्रतिशत रकम फ्रिज भएको हो । यहाँ विशेष गरी कूल बजेटको ४ अर्ब ३३ करोड ७६ लाख ९५ हजार ७ सय ६० अर्थात् ५९.२६ प्रतिशत मात्र विकास बजेट अर्थात् पुँजीगत बजेट खर्च भएको छ । चालू खर्च करीब करीब शतप्रतिशत भएपनि...
जेसीबीको आधिकारिक सेवा केन्द्र तानसेनमा
जेसीबीको आधिकारिक सेवा केन्द्र तानसेनमा जेसीबीको आधिकारिक सेवा केन्द्र पाल्पाको तानसेनमा पनि सञ्चालनमा आएको छ । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले विहीबारदेखि तानसेनको भिमसेन टोलमा आधिकारिक सेवा केन्द्र (अथराइज्ड रिटेल आउटलेट) सुरु गरेको हो ।
संघ र प्रदेशको चुनाव मंसिर ४ मा हुने
संघ र प्रदेशको चुनाव मंसिर ४ मा हुने सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको बैठकले सो निर्णय...
गाउँमै संकलन केन्द्र भएपछि खुर्सानी कृषक उत्साहित
गाउँमै संकलन केन्द्र भएपछि खुर्सानी कृषक उत्साहित जिल्लाको रिब्दीकोट गाउँपालिकाका खुर्सानी कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित भएका छन् । उत्पादन गरेको अकबरे खर्सानी विक्री नहुँदा बारीमा कुहाउनु परेको अवस्थामा चिन्तित बनेका यहाँका कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आए पछि भने उत्साहित भएका हुन् ।
बगनासकालीको ८७.९ प्रतिशत वित्तीय प्रगति
बगनासकालीको ८७.९ प्रतिशत वित्तीय प्रगति जिल्लाको बगनासकाली गाउँपालिकाको ८७ दशमलव ९ प्रतिशत वित्तिय प्रगति भएको छ । पालिकालाई आर्थिक २०७८/०७९ मा प्राप्त भएको ५० करोड १२ लाख २० हजार ४ सय ३७ बजेट मध्ये पूँजीगत र चालुतर्फ ८७ दशमलव ९ प्रतिशत वित्तीय प्रगति गरेको हो ।
गौतमश्री सहकारीको सम्पत्ति रोक्का
गौतमश्री सहकारीको सम्पत्ति रोक्का काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेका सम्पती रोक्का गरिएको छ । सहकारी विभागले उक्त सहकारीको देशका विभिन्न सात स्थानमा रहेको सम्पत्ति विभागको अनुमति बिना खोल्न, चलाउन, सरसामान बिक्री नगर्न पाउने गरी रोक्का राख्न प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई पत्राचार गरेको छ ।
सहकारीका विकृति नियन्त्रण गर
सहकारीका विकृति नियन्त्रण गर सहकारी भनेको सहकार्य गर्ने संस्था हो । यथार्थ भने यस्तो छैन । सहकारी भनेको बैंकको काम गर्ने हो र सञ्चालकले नाफा कमाउने र कुम्ल्याउने ? हो भन्ने बुझाइ छ । मुलुकभर ३५ हजार हाराहारीमा सहकारी छन् । आधाजसो बचत तथा ऋण सहकारी छन् । तर ति अधिकासं सहकारीहरु पैसा कमाउने...
पाल्पामा एमाले प्रचार विभागको बैठक,कार्ययोजना निर्माण गर्न समिति गठन
पाल्पामा एमाले प्रचार विभागको बैठक,कार्ययोजना निर्माण गर्न समिति गठन नेकपा एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागको पहिलो बैठक तानसेनमा बसेको छ । विभागको बुधबार तानसेनमा बसेको पहिलो बैठकमा विभागका सदस्यहरुले आ–आफ्ना विषयवस्तु तथा एजेण्डाका विषयमा छलफल गरेका थिए ।
नारायणगढ–बुटवल सडक निर्माण : प्रगति न्यून
नारायणगढ–बुटवल सडक निर्माण : प्रगति न्यून नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि प्रगति ज्यादै कम पाइएको छ ।
पाल्पामा अवैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ
पाल्पामा अवैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले १ लाख ९७ हजार १ सय रुपैयाँ बराबरको अबैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ परेका छन् । तानसेन बसपार्कमा प्रहरी चेकिङ गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ अवैध सामान ल्याउँदै गरेको बागमती प्रदेश ०१०२५ च ८३६६ नम्बरको पिकअप गाडी सहित दुई जनालाई पक्राउ गरी कारवाहीका...
Weather Update