रामपुरमा अटो र जिप ठोक्किदा अटो चालकको ज्यान गयो
शनिबार, साउन २१, २०७९
ब्याजदर बढाउन बैंकहरुलाई बाटो खुला
शनिबार, साउन २१, २०७९
बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ब्याजदर बढाउन बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको घोषणा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर बढाउन सक्ने बाटो खुला गरेको हो ।
सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने
शनिबार, साउन २१, २०७९
स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेको पाँच दलीय सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि तालमेल गर्ने भएका छन् ।
इस्माका टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता
शनिबार, साउन २१, २०७९
जिल्लाको इस्मा गाउँपालिकाले टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पालिकावासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै पालिकाले टोलमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो ।
चुरेका पहिरो पीडित भन्छन् ‘आकाश गर्जेपछि मन नै सिरिङ्ग हुन्छ’
शनिबार, साउन २१, २०७९
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धेरै दिन भयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उनी रातभर निदाउन सक्दैनन् । पानी पर्ने वित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जान्छन् ।
ज्ञानेन्द्र अटो वक्र्सको व्यवसायिक फड्को : वक्र्स, मोटरसाइकल,स्कुटरदेखि जेसीबीसम्म
शुक्रबार, साउन २०, २०७९
तानसेनको भिमसेनटोलमा अटो वक्र्स, मोटरसाईकल र स्कुटरको व्यवसायिक विक्री वितरण गर्दै आएको ज्ञानेन्द्र अटो वक्र्सले व्यवसायिक फड्को मारेको छ । तत्कालिन समयमा पाल्पा सहित लुम्बिनी अञ्चललाई केन्द्रीत गरी अटो वक्र्स सञ्चालन गरेको ज्ञानेन्द्र अटोले अहिले व्यवसायिक फड्को मारेको हो । विगत ३५ वर्ष अघि ज्ञानेन्द्र काजी शाक्यले अटो वक्र्सका रुपमा...
पाल्पा टेक्निकल इन्स्टिच्युटले ल्यायो नयाँ कार्यक्रम
शुक्रबार, साउन २०, २०७९
स्वास्थ्य क्षेत्रमा पठन– पाठन गराउँदै आएको पाल्पा टेक्निकल इन्स्टिच्युटले यही वर्षदेखी नयाँ विधाका कार्यक्रमहरु अध्यायपन गराउने भएको छ । संस्थाले चालु आर्थिक बर्षबाटै ३ बर्षे एच. ए, सि.एम. एल.टी. र फिजियो थेरापी विषयहरु अध्यायपनका लागि सिटिइभिटीले स्वीकृत प्रदान गरेको जनाएको छ ।
एक वर्षमा दश किलोमिटर सडक कालोपत्रे
शुक्रबार, साउन २०, २०७९
गत आर्थिक वर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३ सय ५२ मिटर सडक कालोपत्र भएको छ । गुल्मीमा पूर्वाधार विकास कार्यालय, संघीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दै आएका छन् ।
ग्लोबल बैंकको ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम
शुक्रबार, साउन २०, २०७९
ग्लोबल आईएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । बैंकले गत वर्ष आफ्नो १५ औं वार्षिक उत्सवका अवसरमा ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको थियो । सोही अनुरुप बैंकले उक्त कार्यक्रमलाई अगाडि बढाएको छ ।
विकास बजेट सधैं फ्रिज
शुक्रबार, साउन २०, २०७९
पाल्पामा संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये २२.२७ प्रतिशत रकम फ्रिज भएको हो । यहाँ विशेष गरी कूल बजेटको ४ अर्ब ३३ करोड ७६ लाख ९५ हजार ७ सय ६० अर्थात् ५९.२६ प्रतिशत मात्र विकास बजेट अर्थात् पुँजीगत बजेट खर्च भएको छ । चालू खर्च करीब करीब शतप्रतिशत भएपनि...


