Shittalpati
भत्काइयो पाल्पा दरबार क्षेत्रका ५७ घरटहरा
भत्काइयो पाल्पा दरबार क्षेत्रका ५७ घरटहरा तानसेन नगर सरकारले ऐतिहासिक पाल्पा दरबार संग्रहालय क्षेत्रका घरटहरा डोजर लगाएर भत्काएको छ । नगर सरकारले दरबार संग्रहालय परिसरको तानसेनस्थित शित्तलपाटी मूलढोका र तेस्रो सडक दरबार क्षेत्र वरपर रहेका ५७ घरटहरा बुधबार भत्काएको हो । दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले यहाँका सरकारी संरचनामा नगर...
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन स्थानीय सरकारसँग छलफल
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन स्थानीय सरकारसँग छलफल लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन पाल्पाका स्थानीय सरकारसँग छलफल गरेको छ । मन्त्रालयले तानसेनमा स्थानीय तहका जनप्रतिनिधी तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई राखेर छलफल गरेको हो ।
रेचेघाटमा पक्की पुल निर्माण
रेचेघाटमा पक्की पुल निर्माण पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ । जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो ।
सिटिजन्स बैंकले दियो तानसेन बहुमुखी क्याम्पसलाई पंखा
सिटिजन्स बैंकले दियो तानसेन बहुमुखी क्याम्पसलाई पंखा सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेड तानसेन शाखाले तानसेन बहुमुखी क्याम्पसलाई पंखा दिएको छ । बैंकले १६ औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत क्याम्पसलाई ७ थान पंखा दिएको हो ।
गणेश सहकारीले गर्यो समीक्षा तथा भावी योजनाको छलफल
गणेश सहकारीले गर्यो समीक्षा तथा भावी योजनाको छलफल जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले एक वर्ष भित्र भएका कार्यक्रम तथा गतिविधिहरुको समीक्षा तथा आगामी वर्षको योजनाका बारेमा छलफल गरेको छ । सहकारीले २०७९ सालमा भए गरेका गतिविधिहरुको व्याापक समीक्षा र २०८० मा गर्ने कार्यक्रम तथा योजनाका विषयमा छलफल गरेको हो ।
डढेलो नियन्त्रणमा प्रभावकारी कदम चालौं
डढेलो नियन्त्रणमा प्रभावकारी कदम चालौं फागुनको पहिलो हप्तादेखि देशका विभिन्न भागका वनजंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । गर्मीयाममा वनमा डढेलो लाग्नु नयाँ विषय होइन । तर, यसवर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलोका घटना नियन्त्रणमा नआउनु चुनौतीपूर्ण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार हाल देशभरि नै २ सय ४१ स्थानका वनमा डढेलो लागिरहेको छ ...
रिब्दीकोटको जंगलमा एक वृद्ध मृत फेला
रिब्दीकोटको जंगलमा एक वृद्ध मृत फेला जिल्लाको रिब्दीकोट गाउँपालिकाको एक जंगलमा वृद्ध मृत फेला परेका छन् । रिब्दीकोट गाउँपालिका–५ ढकाल टोलका ६३ वर्षीय राजकुमार घिमिरे घर नजिकै रहेको भैरव सामुुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह
सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन् ।
आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान
आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले जानकारी दिए ।
सेनाको गोरखा–जितगढी पदयात्रा
सेनाको गोरखा–जितगढी पदयात्रा नेपाली सेनाले चैत २९ गतेदेखि गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको छ । ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा सैनिक ईतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा शुरू गरेको हो ।
महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन
महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ ।
Weather Update