Shittalpati
सरकारी खाता रोक्का
सरकारी खाता रोक्का देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो । 
११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह
११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत रू ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८९ अर्ब ७० करोड,...
वडाबाटै सामाजिक सुरक्षा भत्ता, गाउँ–गाउँमा सरकारको अनुभूति गर्न थाले वृद्धवृद्धा
वडाबाटै सामाजिक सुरक्षा भत्ता, गाउँ–गाउँमा सरकारको अनुभूति गर्न थाले वृद्धवृद्धा देश संघीय संरचनामा गएसँगै ‘सिंहदरबारका अधिकार, गाउँ–गाउँमा’ भन्ने बहस चल्यो । निर्वाचन भएर स्थानीय तहमा जनप्रतिनिधि आएपछि ‘सिंह’ आए, तर ‘दरबार’ आएनन्, भनि व्यङ्ग्य समेत हुँदै आयो । स्थानीय सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल समेत चलेको छ । यो अवधिमा धेरै स्थानीय सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेका छैन ...
गोरू पाल्ने किसानलाई प्रोत्साहन भत्ता
गोरू पाल्ने किसानलाई प्रोत्साहन भत्ता गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ ।
डरलाग्दो बन्दै ‘लम्पी स्किन’
डरलाग्दो बन्दै ‘लम्पी स्किन’ केही महिना अघि पाल्पाका पशुहरुमा देखिएको ‘लम्पी स्किन रोग’को संक्रमण अहिले देशका अधिकासं  जिल्लाहरुमा डरलाग्दो रुपमा देखिएको छ । दुई महिनाअघि ३५ जिल्लाका १५ हजार पशुमा देखिएको यो रोगको विस्तार दर डरलाग्दो देखिएको छ । संक्रमणका कारण १० हजार भन्दा बढी पशु मरेको पशु सेवा विभागले जनाएको छ ।
ललिता निवास प्रकरण : थप तीन पक्राउ
ललिता निवास प्रकरण : थप तीन पक्राउ ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप तीन आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पक्राउ गरेको हो ।
तिनाउ नदीमा एक युवक मृत फेला
तिनाउ नदीमा एक युवक मृत फेला तिनाउ नदीमा एक युवक मृत फेला परेका छन् । बुटवलको तिनाउ खोला किनारमा एक युवकको शव फेला परेको हो । तिनाउ नदीमा रहेको पक्की पुलको तलपट्टी नदी किनारमा बुटवल उपमहानगरपालिका–५ शान्ति टोलका २० वर्षीय सुमन विकको शव फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ  ।
२४ कम्पनीलाई सोधियो स्पष्टीकरण
२४ कम्पनीलाई सोधियो स्पष्टीकरण सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो ।
मकै खेती छोडेर लिची
मकै खेती छोडेर लिची गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले आजभोलि परम्परागत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर मकै लगाउने बारीमा लिचीका बोट लगाउँदै आएका छन् । 
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ?
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ? जब पर्‍यो राती तब बुढी ताती । भन्ने नेपाली उखान जस्तै आखा अगाडि नै विपद्को अवस्था नआउदासम्म सक्रिय नहुने हाम्रा निकायहरुले कतै यो वर्ष पनि सोही अवस्थालाई निरन्तरता दिने त होइन जनमानसमा छलफलको विषय बनेको देखिन्छ । राज्यको पूर्व तयारी र योजना नहुँदा विपद् व्यवस्थापनको लागि विगतमा अरबौं रकम खर्च  ...
तानसेन टुँडिखेलमा लायन्स क्लवले गर्‍यो वृक्षारोपण
तानसेन टुँडिखेलमा लायन्स क्लवले गर्‍यो वृक्षारोपण तानसेनस्थित टुँडिखेलमा लायन्स क्लव अफ पाल्पा तानसेनले वृक्षारोपण गरेको छ । क्लवले शनिबार टुँडिखेलमा पुगेर ३० प्रजातिका विरुवा रोपेको हो । वातावरण स्वच्छ, हरियाली बनाउने उद्देश्यले क्लवले वृक्षारोपण गरेको जनाएको छ ।
Weather Update