आज हेपाटाइटिस दिवस मनाइँदै
आइतबार, साउन १३, २०८१
हेपाटाइटिस रोगप्रति सचेत रहौं
आइतबार, साउन १३, २०८१
हेपाटाइटिस भाइरसद्वारा हुने एक सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्छ । अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्छ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ ।
किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन
शनिबार, साउन १२, २०८१
दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित मनिराम चौधरीले वर्षातले धानबाली बगाएकामा चिन्ता व्यक्त गरे । स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी बर्सेनि किसानले लगाएको धान बगाउने गरेको उनले गुनासो गरे ।
प्रचारप्रसारको अभावमा सुन्दरादेवी मन्दिर ओझेलमा
शनिबार, साउन १२, २०८१
यहाँको ऐतिहासिक तथा पर्यटकीय धार्मिकस्थल सुन्दरादेवी मन्दिर ओझेलमा परेको छ । मन्दिर पुग्ने सडक प्रभावकारी नहुनु र प्रचारप्रसार पनि न्यून हुँदा उक्त मन्दिर ओझेलमा परेको हो ।
बैंकदर घटाउनेदेखि वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण
शनिबार, साउन १२, २०८१
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकदर र निक्षेप संकलनदर घटनाउनेदेखि वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराईने भएको छ ।
पाल्पाका उद्योगी–व्यवसायीलाई कर शिक्षा
शनिबार, साउन १२, २०८१
जिल्लाका उद्योगी–व्यवसायीहरुका लागि तानसेनमा कर सम्बन्धी शिक्षा दिइएको छ । उद्योगी व्यवसायीहरुलाई कर शिक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले पाल्पा उद्योग वाणिज्य संघको आयोजना र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा शुक्रबार कर शिक्षा प्रदान गरिएको हो ।
हैजाबाट बच्न सावधानी अपनाऔं
शनिबार, साउन १२, २०८१
देशको संघीय राजधानी काठमाडौंमा अहिले हैजाका विरामी बढ्दै गएका छन् । निरन्तर हैजाका बिरामी बढेसँगै सचेचना अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ । तर के के गर्दा के हुन्छ भन्नेतर्फ खासै चाँसो न त सम्बन्धित निकायलाई छ न त सर्वसाधारणलाई नै ।
बेपत्ता पुरुष खोलामा मृत फेला
शुक्रबार, साउन ११, २०८१
जिल्लाको निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ का ३१ वर्षीय बोमबहादुर कार्की मुसिकोट –४ दोभानस्थित छल्दी खोला किनारमा मृत फेला परेका हुन् ।
महिलाको व्यक्ति र नेतृत्व विकासमा पाल्पा जेसिजको अभियान
शुक्रबार, साउन ११, २०८१
पाल्पा जेसिजले सञ्चालन गरेको महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास एक हप्ते अभियान सकिएको छ । साउन ४ गतेदेखि सञ्चालन भएको जेसिज सप्ताह साताव्यापी कार्यक्रम गरी सकिएको हो ।
मौद्रिक नीति : वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने
शुक्रबार, साउन ११, २०८१
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ ।
मौद्रिक नीति २०८१/८२ : बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता
शुक्रबार, साउन ११, २०८१
सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था गरेको छ ।


