Shittalpati
वास्तुशास्त्र अनुसार सुत्ने कोठा को निर्धारण !

✍️ज्योतिष मुकुन्द पोखरेल 

मानिसलाई सुखपूर्वक शयन अर्थात् सुत्न, आराम गर्न उचित किसिमको पलङ्ग, ओछ्यान, खाट, गुन्द्री, सुकुल, ओढ्ने ओछ्याउने भएर मात्र पुग्दैन। सुत्न पनि जान्नुपर्दछ । मानिसले दैनिक शयन गरेन भने स्वास्थ्य, शिक्षा, रोजगारी, उन्नति, प्रगति सबैक्षेत्रमा नराम्रो असर पर्दछ। मानिसको शयनका लागि सिरानको ठूलो महत्व छ। कुन दिशा सिरानी लगाउँदा कस्तो सफलता प्राप्त हुन्छ । यसका बारेमा अनेकौं शास्त्रीयहरूले चर्चा गरेका छन् ।

प्राक्शिरः शयने विद्या दक्षिणे सुखसम्पदा : । 
पश्चिमे प्रबला ट्रक हनिमृत्युस्तथोत्तरे ।

(विश्वकर्माप्रकारा)

पूर्वतर्फ सिरान गरे विद्यालाभ, दक्षिण गरे सुखसम्पत्ति प्राप्ति हुन्छ भने पश्चिम सिरान गरे अत्यन्त चिन्ता बढ्छ । त्यस्तै उत्तर सिरान गरे हानी, मृत्युजन्य कष्ट हुन्छ। योग अवस्थानुसारको सिरान लगाउनु पर्ने चर्चा पनि विश्वकर्मा प्रकाशमा नै छ ।

स्वगृहे प्राशिर  : सुपश्च्वसुरे दक्षिणा शिर  : । 
प्रत्यच्छिराः प्रवासे च नोदक्सुप्यात् कदाचन ।

आफ्नो घरमा पूर्व दिशामा, ससुरालमा दक्षिणमा, परदेशमा पश्चिममा सिरान गरेर सुत्नु पर्दछ। तर कहिल्यै पनि उत्तर सिरान गरेर सुत्नु हुँदैन ।

सुत्ने खाट वा पलङ्गको काठ चन्दन, शाल, शिशी, साँदन, शतिशालको बनाउनु उत्तम मानिन्छ। तर आँपको काठले प्राणहरण, साँजको काठले बनेको खाट वा पलङ्गले अनेकौं समस्या निम्त्याउने हुन्छ। त्यस्तै कुकाठ, प्वाल परेको, लहरा लागेको, मसानमा डढेर रहेको, आफै ढलेको, खोलाले बगाएर ल्याएको, चौबाटो बीचमा उमेर धेरै वर्षपछिमात्र प्रयोगमा आएको, अनेक कीटपतङ्गले आफ्नो निवासका लागि टोड्‌का बनाएको काठको खाट बनाउनु हुँदैन, चाहे त्यो चन्दन, शिशी, शतिशाल नै किन नहोस् ।

मानिस दैनिक कार्यव्यस्तताका बीचपनि आराम चाहन्छ। प्रकृतिले नै दिनभर कार्य गर्ने र रात्रीमा विश्रामका लागि छुट्याएको जस्तो देखिन्छ। यदि उचित समयमा विश्राम, शयन गरेन भने त्यस्ता मानिसको कार्य र स्वास्थ्यमा नकारात्मक असर पर्दछ। आधुनिक भौतिकविकासले दिनरात एकै जस्तो व्यस्त बनाएको छ। यस्तो व्यस्त समयमा रातमा कार्य गर्ने मानिस नै भए पनि विश्राम अवश्य गर्दछ र गर्नु पर्दछ ।

विश्राम गर्ने वा सुत्ने कोठा सुरक्षित, शान्त हुनुपर्दछ। ओछ्यान पनि आराम र आनन्ददायी हुनुपर्दछ । घरका सदस्यको स्थान, कार्य, अवस्थाका आधारमा वास्तुशास्त्रले विश्रामकक्षको निर्धारण गरेको छ। शयनकक्ष ईशान, नैऋत्य वा दक्षिण दिशामा हुनुपर्दछ । अधिकांश अहिलेका वास्तुविद्हरू नैऋत्यकोणमा प्रमुख व्यक्तिको शयनकक्ष राख्ने सुझाव दिन्छन् तर लेखकको विचारमा ईशानकोण अझ प्रभावकारी शयनस्थान हो। घडेरी तथा वनको महत्त्वपूर्ण स्थान ईशान हो भने परिवारका प्रमुख व्यक्तिको शयनकक्ष पनि सानमा बनाउनु पर्दछ । शयनकक्षमा दराज र आलमारीमा ऐना हुनु राम्रो मानिदैन । यदि उवाले ओछ्यानलाई देखेको छ भने अझ नराम्रो मानिन्छ । घरको प्रमुख व्यक्तिले शयन गर्दा पूर्व, वा दक्षिण सिरान गर्नुपर्दछ । बालबच्चालाई पुर्व नै सिरान गरेर सुताउनु पर्दछ । तर गृहस्थका लागि दक्षिण नै उत्तम मानिन्छ । दक्षिण समान गरेर सुत्ने गृहपतिलाई प्रशस्त निद्रा लाग्दछ । जसले गर्दा स्वास्थ्य र कार्यमा सकारात्मक प्रभाव पार्दछ ।

पर्यकाभिमुखो नेष्टः प्रकाशो वैद्यतः कदा । 
वामाभागाथा पृष्ठात् चक्षुष
 : सुखदायक  : ।

(वास्तुश्रृक्रादर्पण)

मुले खाटको सामुन्ने माथि बिजुलीको बल्ब, मर्करी लगाउनु हुँदैन । धरिन अर्थात् वीममुनि सुत्नु वा बस्नु पनि हुँदैन । बिजुलीका बल्ब पूर्व, दक्षिणतिर लगाउनु पर्दछ । कोठा अथवा घरको पनि ईशानकोणमा गह्रौं सामान राख्नु हुँदैन। यो कोणमा पानीको बडा राशिको आधारमा रुद्राक्ष, हरियो कुश हाली राशिअनुसारको रङ्ग भएको कपडाले छोपी राख्नु पर्दछ । बिहान त्यो घडाको पानीलाई पिउने गर्नुपर्दछ । यसो गर्नाले आन्तरिक उदररोग ठीक हुन्छ र कार्यतत्परता बढ्दछ ।

त्यस्तै गरी उत्तर सिरान पारेर गृहस्थले सुत्नु हुँदैन। ईशानकोणमा पूजास्थान बनाउनु पर्दछ। तर सुत्ने कोठामा पूजास्थान बनाउनु, भगवानका चित्र लगाउनु, युद्धका फोटा राख्नु भगवान् वा कुनै पनि प्रकारका नाङ्गा चित्र लगाउनु हुँदैन । दैलाको सम्मुख खाट, पलङ्ग राखेर दैलोतिर नै सिरान बनाएर सुत्नु हुँदैन ।

कदापि द्वारपाश्वें च पर्यङ्क नैव रोपयेत् । 
अन्यथा तु भवेत्चित्तं ह्यशान्तं व्याकुलं सदा ।

वास्तुश्रृङ्गारदर्पण

सुत्ने खाटको सिरानतिर घडी, कुनै भगवान्‌को फोटो, ऐना, रेडियो, टिभी, कदापि राख्नु हुँदैन। सकेसम्म शयनकक्षको कुनै पनि स्थानमा विद्युतीय तरङ्ग उत्पन्न गर्ने सामान राख्नु हुँदैन । मोवाइल साथमै राखिन्छ भने सुत्ने बेलामा बन्द गरी दिनुपर्दछ। सुत्ने कोठामा यदि टेलिभिजन छ भने स्लीपमोडमा लगाएर हेर्दाहिर्दै निदाउनु हुँदैन ।  सबै टिभी,वत्ति, कम्प्युटर, ल्यापटप बन्द गरेर मात्र शयन गर्नुपर्दछ । मानिसको निद्रा स्वास्थ्यका लागि अनिवार्य आवश्यक अवस्था हो । निद्रा परेन भने अनेकौं समस्या आउन सक्छन् । अजीर्ण, अपच, मानसिक रोगले जीवन वर्वाद हुन सक्छ। त्यसैले राम्रो निद्रा पर्न विश्रामका लागि वास्तुशास्त्रले दैलो सम्मुख शयन पर्यड खाट) हुनु नहुने ठहर गरेको छ । फेडसुइले मुख्यद्वार भन्दा यथाशक्य टाढा राख्नुपर्दछ भन्ने उल्लेख गरेको छ । मानिसले सुख, शान्ति र आनन्द प्राप्तिका लागि शयनकक्ष बारेमा विशेष व्यवस्था गर्ने गर्दछ। जबकि अन्यत्रका तुलनामा शयनकक्षमा (एकैठाउँ धेरैसमय रहन्छ । शयनकक्षमा शयन गर्ने व्यक्तिले शयनकक्षको अधिकांश क्षेत्रलाई राम्रोसँग हेर्न, देख्न सकोस् । यदि शयनकक्षको अधिकांश भाग देख्न सक्दैन, बाहिर पनि देख्ख सक्दैन भने ऐनाको प्रयोग गरेर पनि हेर्न सक्ने बनाउनु पर्दछ। तर ऐनाले शयनपलङ्ग देस हुँदैन । यदि यस्तो छ भने त्यहाँ शयन गर्ने व्यक्तिलाई मानसिक तनाव उत्पन्न हुन्छ। त्यस्त शयन गर्दा शिर वा पाउ दैलोको सामुन्ने नपरोस् । शवलाई मात्र त्यसरी सुताइन्छ ।

खाट वा पलङ्ग चारपाटे हुनु राम्रो मानिन्छ। गोलाकार पलङ्गमा शयन गरेमा घरपतिलाई ऋण लाग्छ । बाहिर खुल्ने झ्यालका छेउमा खाट, ऐना राख्नु हुँदैन । मानिस सुतेपनि कोठा, बराण्डा लगायत सम्पूर्ण ठाउँमा ऊर्जा भ्रमणशील हुन्छ । दैलो वा झ्यालका छेउमा खाट राखियो भने शारीरिक, मानसिक अशान्ति, कष्ट भोग्नुपर्दछ। खाल्टाखुल्टी भएको छतको तल र धरिन अर्थात् बीममुनि ओछ्यान लगाएर सुत्नु हुँदैन । शयनकक्षमा सजावटक सामग्री राख्न सकिन्छ तर कम्प्यूटर, फ्याक्स, फोन राख्नु हुँदैन ।

शयनकक्षमा प्रवेश गरेर ओछ्यानमा पल्टदा पनि निद्रा नलाग्न सक्छ। खासगरी जागिर, परिवार, व्यवसाय आदिका कारणले ठूला मान्छेलाई निद्रा नपर्ने हुनसक्छ भन बालबच्चालाई भोक, प्यास अथवा शयनकक्षको ऊर्जा र शरीरिक ऊर्जामा सन्तुलन नहुँदा निद्रा नपर्न सक्छ। यस्तो अवस्था आएमा शयनकक्षमा शयनका लागि प्रवेश गर्न पूर्व नै प्रकोष्ठको पर्दा लगाउनु पर्दछ । साथै कोठाको बत्ती मधुरो हुनुपर्दछ ।

गृहपति (पत्नीको शयनकक्षमा रातो बत्ती लगाउनु पर्दछ । कोठाको दक्षिणतिरको ऊर्जालाई सक्रिय बनाउनुपर्दछ । वासनात्मक आनन्दप्राप्तिका लागि उत्तरतर्फ क्रिष्टल लगाउनु पर्दछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update