लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति
शुक्रबार, असार १३, २०८२

प्रभावकारी बन्दै लुम्बिनी आयुर्वेद चिकित्सालयको सेवा
शुक्रबार, असार १३, २०८२
बुटवल उपमहानगरपालिका–९ की ३६ वर्षीय ललिता भुसाल ढाडको नसा च्यापिएको समस्याले विगत दुई वर्षदेखि ग्रस्त थिए । उनी उपचारका लागि बुटवलका विभिन्न अस्पताल र काठमाडौँ पनि पुगे ।

पाल्पामा पनि मनाइयो मदन भण्डारीको ७४ औं जन्मजयन्ती
शुक्रबार, असार १३, २०८२
जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्ती शुक्रबार पाल्पासहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीको जन्मजयन्तीको अवसरमा एमाले र पार्टीका विभिन्न जनसंगठनहरूले देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाएका हुन् ।

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
शुक्रबार, असार १३, २०८२
विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

मौरीपालक कृषकलाई अनुदानमा मौरीको घार
शुक्रबार, असार १३, २०८२
जिल्लाको रामपुर नगरपालिकाले कृषकलाई मौरीको घार वितरण गरेको छ । उसले कृषकको आयआर्जन बढाउन नगरभित्रका ३९ जनालाई ९५ वटा मौरी घार वितरण गरिएको हो । स्थानीय कृषकको माग र आवश्यकताको आधारमा नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो ।

तानसेनमा निःशुःल्क मुटु परीक्षण तथा सचेतना
शुक्रबार, असार १३, २०८२
जिल्लाको तानसेनमा निःशुल्क मुटु परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । तानसेन नगरपालिका–२ वडा कार्यालयको मुख्य आयोजना, नेपाल ह्दयरोग निवारण प्रतिष्ठान पाल्पाको आयोजनामा तानसेनस्थित अमरनारायण फुलबारीमा मुटु परीक्षणसँगै सचेतना कार्यक्रम गरिएको हो ।

डेंगी संक्रमण फैलिन नदेऊ
शुक्रबार, असार १३, २०८२
पछिल्ला केही दिन यता नेपालमा डेंगी संक्रमणको जोखिम फेरि बढेको छ । केही महिना नियन्त्रणमा आएको डेंगी बर्खा लागेसँगै पुनः देखिन थालेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को १ जनवरीदेखि २४ जुनसम्मको विवरणअनुसार देशभर १ हजार ५ सय ६१ जनामा डेंगी पुष्टि भइसकेको छ ...

प्रेस युनियन पाल्पाद्वारा पत्रकार क्षमता विकास तालिम
बिहीबार, असार १२, २०८२
प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाले पत्रकारको क्षमता विकास तालिम सञ्चालन गरेको छ । युनियनले पत्रकारितामा रुची भएकाहरुलाई लक्षित गरी क्षमता विकास तालिम सञ्चालन गरेको हो ।

सासुको हत्या गर्ने ज्वाई २१ वर्षपछि पक्राउ
बिहीबार, असार १२, २०८२
कर्तव्य ज्यान मुद्धाका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले पूर्वखोला गाउँपालिका – ९ हाल वडा नं– १ गुनडाँडामा बस्दै आएका ६६ का पूर्णबहादुर सार्कीलाई सासु आमाको हत्या आरोपमा पक्राउ गरेको हो ।

गड्यौला मल बनाउने तालिमपछि जैविक तरकारी फलाउने प्रतिबद्धता
बिहीबार, असार १२, २०८२
यहाँ घरको भान्सा र तरकारीका बोक्रा, पातपतिङ्गरको प्रयोग गरेर गड्यौला मल बनाउन सिकाइएको छ । घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरीस्थित डाँफे पशुपालन समूहकी कोषाध्यक्ष फूलमानी चौधरीले गड्यौला मलका बारेमा सुने पनि खासै जानकारी नभएको बताइन् ।

‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’
बिहीबार, असार १२, २०८२
समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकाशे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन् । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा धानखेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन्...