देववाणीले निकाल्यो एसइई नतिजाको खुसीयालीमा र्याली
सोमबार, असार १६, २०८२

एसइईमा उत्कृष्ट नतिजा ल्याएको होराइजनले मनायो खुसीयाली
सोमबार, असार १६, २०८२
जिल्लामा संस्थागत विद्यालयको रुपमा रहेको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार यस वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

पहिराले गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकियो
सोमबार, असार १६, २०८२
गएराति परेको अविरल वर्षाले पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकिएको छ । उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका– ८ र मुसिकोट नगरपािलका–५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्टर बन्ने चाहना छ’
सोमबार, असार १६, २०८२
माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् ।

एसइई नतिजाले दिएको सन्देश
सोमबार, असार १६, २०८२
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६१ दशमल ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो । यस पटक एसइईमा नियमिततर्फ चार लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भए ।

जनता माविबाट प्राविधिक धारतर्फ शत प्रतिशत विद्यार्थी एसईईमा उर्तिण
आइतबार, असार १५, २०८२
जनता माध्यमिक विद्यालय तानसेन पाल्पाले प्राविधिक धार (इन्जिनियरिङ्ग) तर्फ शत प्रतिशत नतिजा हासिल गरेको छ । प्राविधिक धारतर्फ जिल्लामा शत प्रतिशत नतिजा हासिल गर्ने विद्यालय जनता मावि तानसेन मात्र रहेको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेले बताए । जिल्लामा विभिन्न १२ विद्यालयमा प्राविधिक शिक्षा पठन पाठन हुँदै आएको छ ।

पाल्पामा किसान महासंघले मनायो धान दिवस
आइतबार, असार १५, २०८२
नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ पाल्पाले असार १५ अर्थात् धान दिवस मनाएको छ । महासंघले जिल्लाको रिब्दीकोट गाउँपालिका– २ दम्मक भर्देवा रोपाइँ गरेर आइतबार धान दिवस मनाइएको हो ।

एसईईमा पाल्पाका संस्थागत विद्यालयको नतिजा अब्बल
आइतबार, असार १५, २०८२
यस वर्षको एसईईमा पाल्पाका संस्थागत विद्यालयको नतिजा अब्बल आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार गत वर्षको तुलनामा यहाँका संस्थागत विद्यालयहरुको नतिजामा अब्बल देखिएको हो ।

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी
आइतबार, असार १५, २०८२
तानसेनमा मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा मिडियाकर्मीलाई स्वास्थ्य प्रवद्र्धन सम्बन्धी जानकारी गराउने उद्देश्यले पैरवी कार्यक्रम गरिएको हो ।

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ
आइतबार, असार १५, २०८२
लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको छ । धान रोपाइँ गर्ने समय आज असार १५ गतेसम्मको तथ्याङ्कअनुसार हालसम्म ७२ हजार ५२० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो जम्मा सम्भावित क्षेत्रफलको २३ दशमलव ९४ प्रतिशत हो ।

बुटवल नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
आइतबार, असार १५, २०८२
(नवलपरासी), बुटवल नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी
आइतबार, असार १५, २०८२
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउको तरकारी पकाएर खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन् ।