तटबन्धले जोगायो घर खेत
बिहीबार, असार १२, २०८२

रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी
बिहीबार, असार १२, २०८२
ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी भइरहेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदीको तहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवश्यक संरचना तयार पारिएको छ ।

पाल्पा बगनासकालीको बजेट ५४ करोड ७५ लाख
बिहीबार, असार १२, २०८२
पाल्पाको बगनासकाली गाउँपालिका गाउँसभाको १८ औ अधिवेशनले आगामी वर्ष २०८२/०८३ को लागी ५४ करोड ७५ लाख ८६ हजार १ सय २८ रुपँैयाको अनुमानित बजेट ल्याएको छ ।

देशभर मनसुनी वायुको प्रभाव
बिहीबार, असार १२, २०८२
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहेको थियो ।

लागू पदार्थ नियन्त्रणमा गम्भीर बनौं
बिहीबार, असार १२, २०८२
विश्वभर ‘अन्तर्राष्ट्रिय लागू पदार्थ दिवस हरेक वर्ष जुन २६ तारिखमा मनाईन्छ, विश्वभर ‘अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस’ आज मनाइदै छ ।
-1750847640-1750850696.jpg)
पाल्पामा पहिलोपटक ‘होटल म्यानेजमेन्ट’ विषयको पठनपाठन हुने
बुधबार, असार ११, २०८२
जिल्लाका सामुदायिक विद्यालयमा पहिलोपटक व्यवस्थापन सङ्कायअन्तर्गत होटल म्यानेजमेन्ट विषयको पठनपाठन सुरु हुने भएको छ । रामपुर नगरपालिका–५ स्थित रामतुलसी नमूना माध्यमिक विद्यालयले नयाँ विषयका रूपमा होटल म्यानेजमेन्टको पठनपाठन सञ्चालन गर्न लागेको हो ।

पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण
बुधबार, असार ११, २०८२
जिल्लाको बेनी नगरपालिका(५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो ।

भूमिसम्बन्धी समस्या दीर्घकालीन रुपमा समाधान गरिँदै
बुधबार, असार ११, २०८२
सुकुम्बासी समस्या समाधानका लागि गठित भूमि समस्या समाधान आयोगले भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधानको खाका कार्यान्वयन गरिरहेको छ । आयोगमार्फत स्थानीय पालिकासँगको समन्वयमा भूमिहीनको पहिचान, जग्गाको नापजाँच, हकदाबीका सार्वजनिक सूचना जारी गरी लालपुर्जा वितरणको तयारी भइरहेको आयोगले जनाएको छ ।

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने
बुधबार, असार ११, २०८२
दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत् महसुल तिर्ने भएको छ । पालिकाले मङ्गलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम एवं बजेटमा पालिकाबासीको न्यूनतम विद्युत् महसुल तिरिदिने घोषणा गरेको हो ।

तानसेनले ल्यायो एक अर्ब ४६ करोड ५० लाखको बजेट
बुधबार, असार ११, २०८२
जिल्लाको तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले नगरपालिकाको १७ औं नगरसभा अन्तर्गत पहिलो बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।

पारिवारिक निजी वनलाई नीति तथा कार्यक्रममा समेट्न जोड
बुधबार, असार ११, २०८२
पारिवारिक निजी वनलाई नीति तथा कार्यक्रममा समेट्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । पारिवारिक निजी वन संघ पाल्पा शाखाको आयोजनामा जलवायु उत्थानशीलताको लागि तीन दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठीमा बोल्ने वक्ताहरुले स्थानीय सरकारले ल्याउने नीति तथा कार्यक्रममा पारिवारिक निजी वनलाई समेट्नुपर्नेमा जोड दिएका हुन् ।

आज मगर जातिको भूमे पर्व
बुधबार, असार ११, २०८२
मगर जातिले आज आफनो मुख्य भूमे पर्व मनाउँदै छन् । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन रहि आएको छ । भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि नै जीवनदाता भएको मान्यता राख्दै मगर समुदायले यो पर्व मनाउने गर्दछन् ।