विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?
बुधबार, भदौ २६, २०८१
‘संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल
बुधबार, भदौ २६, २०८१
लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती विषयक छलफल कार्यक्रम गर्ने भएको छ । संविधान दिवस मनाउने कार्यक्रमअन्तर्गत संविधानका विषयमा विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम आयोजना गरिएको हो ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
बुधबार, भदौ २६, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
ढोरपाटनमा एक वर्षमै फल्यो स्याउ
बुधबार, भदौ २६, २०८१
ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिकोप्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएरलगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो ।
स्वास्थ्य बीमाको सिलिङ ५ लाख पुर्याउन ढिला सुस्ती : मन्त्री पौडेल
बुधबार, भदौ २६, २०८१
स्वास्थ्य तथा जनस्वास्थयमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पुर्याउन सरकारले ढिला सुस्ती गरी रहेको बताएका छन् । मंगलबार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बताएका हुन् ।
स्वीकार्य हुँदैन : हिंसा
बुधबार, भदौ २६, २०८१
युरोपका विकसित देशभन्दा एसियाका विकासशील देशमा हुने गरेका महिलाहिंसा र यौनिक हिंसाले ल्याउने हलचलका कारण वरिष्ठ राजनीतिज्ञ, कुटनीतिज्ञ र सेलिव्रेटीहरुलाई उचाल्ने र पछार्ने जस्ता कार्यलाई पनि यस्ता घटनाले प्रभाव पारिहरेका छन् । महिला भएकै कारण पुरुषले उनीहरु प्रति हेर्ने दृष्टिकोण आफैमा पुरुषत्वको दम्भ र अनि प्रचलित परम्पराको चक्रव्यूहबाट सिंगो विश्व...
साहित्यकार चन्दको ‘आगो’ र ‘सप्तरंगी सुमन’ लोकार्पण
मंगलबार, भदौ २५, २०८१
साहित्यकार तथा नेपाली सेनाका सेवानिवृत प्रमुख सेनानी दीर्घबहादुर चन्द ‘सुमन’को दुई वटा पुस्तक एकै पटक लोकार्पण गरिएको छ । चन्दको ५४ औं जन्म दिनको अवसरमा आगो लघुकविता सदन (आलस)ले काठमाडौंमा उक्त पुस्तकहरुको लोकार्पण तथा विमर्श कार्यक्रम गरेको हो ।
सुजुकीको चाडपर्व लक्षित अफर सार्वजनिक
मंगलबार, भदौ २५, २०८१
नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा विक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । दशैं, तिहार, नेपाल सम्बत ११४५ र छठ पर्वको अवसर पारेर कम्पनीले ‘दशैं आयो क्यास पायो’ योजना सार्वजनिक गरेको हो ।
प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
मंगलबार, भदौ २५, २०८१
एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । खाताबाट गरिएको करकट्टी विवरण आयकर ऐन–२०५८ बमोजिम प्यानमा आबद्ध गर्नुपर्ने भएकोले अद्यावधिक गर्नु आवश्यक रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तोलामा २ सय रुपैया बढ्यो सुन
मंगलबार, भदौ २५, २०८१
मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि पञ्चेबाजा प्रतियोगिता
मंगलबार, भदौ २५, २०८१
बाल दिवसका अवसरमा स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता आयोजना गरिने भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिका समूहको जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता हुने भएको हो ।
पाल्पामा बढ्दो आत्महत्या
मंगलबार, भदौ २५, २०८१
पछिल्लो समय पाल्पामा आत्महत्याको स्थिति डरलाग्दो देखिएको छ । पछिल्लो तीन आर्थिक वर्षमा मात्र जिल्लामा दुई सय ४९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याड्ढ छ ।


