साक्षरता अभियानको सार्थकता
सोमबार, भदौ २४, २०८१
बाँदर धपाउन पुलमा पाल टाँगेर ‘ड्युटी’
सोमबार, भदौ २४, २०८१
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ प्युघाका किसानलाई बाली जोगाउनै मुुस्किल पर्ने गरेको छ । बारीमा मकै पाक्न लागेको समयमा नजिकैका जंगलबाट बाँदरको समूह आएर बालीनाली सखाप पार्न थालेपछि बाली जोगाउन यहाँका किसानलाई मुस्किल पर्ने गरेको हो ।
लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान
आइतबार, भदौ २३, २०८१
लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुमपूर्व १ (२) बाट निर्वाचित कांग्रेस सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान भएका हुन् ।
मनाइयो ऋषिपञ्चमी पर्व, सकियो तिज
आइतबार, भदौ २३, २०८१
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आइतबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् । ऋषि पञ्चमीसँगै चार दिन...
चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड
आइतबार, भदौ २३, २०८१
दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ । चाडपर्वका समयमा काठमाडौँबाट बाहिरिने यात्रुको घुइँचो अत्यधिक हुने र उक्त समयमा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले त्यसको नियन्त्रण गर्न मन्त्रालयले अग्रसरता लिएको हो ।
नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो
आइतबार, भदौ २३, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ ।
तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य
आइतबार, भदौ २३, २०८१
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।
देशभर मनसुनी वायुको प्रभाव यथावत
आइतबार, भदौ २३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
‘साक्षर नेपाल’ घोषणा, १६ वर्षदेखि निरन्तरता , अझै भएन पूर्ण
आइतबार, भदौ २३, २०८१
नेपाल सरकारले आफ्नो हरेक नीति तथा कार्यक्रममा वर्षेनी ‘साक्षर नेपाल’ घोषणा गर्ने प्राथमिकताका साथ भन्दै आएको १६ वर्ष भयो तर ‘साक्षर नेपाल’ अझै घोषणा गर्न सकेको छैन । २०६५ देखि नै मुलुकलाई दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिने भन्दै शिक्षा मन्त्रालयले साक्षर नेपाल अभियान नै चलाउँदै आएको छ । तर,...
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
आइतबार, भदौ २३, २०८१
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋर्षिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी...
आज विश्व फिजियोथेरापी दिवस
आइतबार, भदौ २३, २०८१
आज सेप्टेम्बर ८ तारिक, विश्वभर विभिन्न कार्यक्रम गरी नेपालसहित विश्व फिजियोथेरापी दिवस मनाइँदै छ । विश्वभरका फिजियोथेरापीस्टहरुले विश्व फिजियोथेरापी दिवसका रुपमा मनाउने गर्दछन् । प्रत्येक वर्ष झैं यस वर्ष पनि यो दिवस मनाउन लागिएको छ ।
ऋषि पञ्चमीको महत्व
आइतबार, भदौ २३, २०८१
नेपाली हिन्दु महिलाहरुले तिजको दोस्रो दिन व्रत बसी तेस्रो दिन आज ऋषिपञ्चमीको पूजा गर्दैछन् । यसदिन बिहान सबेरै नजिकको नदी, खोला पोखरी वा तलाउमा गई ३ सय ६५ वटा दत्तिवन चपाउने, तल्लो अंगमा माटोको लेपन लगाउने र नुहाइधुवाइ गरी शुद्ध भई देवालय, सार्वजनिक स्थल वा कसैको घरआँगनमा जम्मा भई पण्डित...


