Shittalpati
सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो
सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू दुई हजार एक सय बढेको छ ।सोमबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
घोरदौरामा जीपलाइन सञ्चालनको तयारी
घोरदौरामा जीपलाइन सञ्चालनको तयारी घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड  एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताए । घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुआत गरिएको उनले बताए ।
वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार
वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन् ।
तानसेनको भविष्य र नगर प्रज्ञा प्रतिष्ठानको भूमिका
तानसेनको भविष्य र नगर प्रज्ञा प्रतिष्ठानको भूमिका प्राकृतिक सौन्र्दयताको श्रृखलायुक्त दृष्यले घेरिएको र संस्कृति र सम्पदाको खदीलो उपलब्धता भएको तानसेन अझै पनि मध्ययुगीन कालखण्डको शहर बजारको झल्को दिदै संघर्षशिल जीवन जिएको छ । सायद यही संघर्षको कथाले प्रभावित भएर हुन सक्छ युनेश्कोले सन् २००८ को जनवरी ३० मा विश्व सम्पदा सूचिको सम्भावित लिष्टमा समावेश गरेको छ ।
मानव अधिकारको संरक्षण गरौं
मानव अधिकारको संरक्षण गरौं जुनसुकै व्यक्तिलाई स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । जसअन्तर्गत त्यस्ता अधिकारहरू पर्छन् जुन विश्वका सबै व्यक्ति, लिंग, जाति, भाषा, धर्म, रंग, राष्ट्रियता (नागरिकता), उत्पत्ति, सामाजिक एवं आर्थिक स्थिति, राष्ट्रिय सिमाना आदिको भेदभाव बिना निहित रहन्छ । प्रत्येक व्यक्तिलाई न्यूनतम मानवीय मर्यादासहित हुर्कन, बाँच्न र जीवनयापन गर्नका लागि मानव...
रविलाई वीरगञ्ज लगियो
रविलाई वीरगञ्ज लगियो सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज लगिएको छ । लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पुर्‍याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज पुर्‍याइएको हो ।
हाइटी हिंसामा १ सय ८४ जनाको मृत्यु
हाइटी हिंसामा १ सय ८४ जनाको मृत्यु हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १ सय ८४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १ सय ८४ जनाको मृत्यु भएको सोमबार बताएका हुन् ।
नेप्से र कारोबार रकम घट्यो
नेप्से र कारोबार रकम घट्यो अघिल्लो दिनको तुलनामा सोमबार नेप्से परिसूचक र कारोबार रकम दुवै घटेका छन् । उक्त दिन नेप्से १२ दशमलव ८४ अंकले घटेर २ हजार ६ सय ७६ दशमलव १५ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ० दशमलव ४७ प्रतिशतले कम हो । आइतबार करिब ४६ अंकले घटेको नेप्सेले सोमबार...
सहाराविहीन र मानसिक सन्तुलन गुमाएकाहरुलाई  पुर्नजीवन दिदैं अभियान नेपाल
सहाराविहीन र मानसिक सन्तुलन गुमाएकाहरुलाई पुर्नजीवन दिदैं अभियान नेपाल आईतबार तानसेन नगरपालिकाको धुर्वघाटस्थित एक घरमा चहल पहल थियो । कोई बालबालिका टाईसेटमा देखिन्थे, कोही अर्धबैशे खालका महिला पुरुष थिए । कोही आफ्नो तालमा कराउँदै बरबराउँदै थिए । कोही आफ्नै धुन र  सुरमा तलमाथी गर्दै थिए । कोही शारिरिक अपाङ्खको कारण कोठामा बसेका देखिन्थे ।
Weather Update