तोलामा एक सयले घट्यो सुनको मूल्य
बिहीबार, भदौ २७, २०८१
बागलुङबाट बेपत्ता दुई किशोरीको उद्धार
बिहीबार, भदौ २७, २०८१
बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन् । बेपत्ता किशोरीलाई काँकडभित्ता र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।
पाल्पामा गिद्ध लोप हुँदै गएकोमा चिन्ता
बिहीबार, भदौ २७, २०८१
गिद्ध प्रकृतिका कुचिकार मानिन्छन् । मरेका सिनो खाएर गिद्धले वातावरण स्वच्छ राख्न मद्धत गर्छ । पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न पनि गिद्धको महत्वपूर्ण भूमिका रहने गर्छ । गिद्धहरुले मरेको पशुपन्छीको सिनो खाएर वातावरण दुर्गन्ध हुनबाट जोगाउँछन् ।
आत्महत्या गर्नबाट बचाऔं
बिहीबार, भदौ २७, २०८१
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ मूल नाराका साथ यसवर्षको विश्व आत्महत्या रोकथाम दिवस मंगलबार मनाइएको छ ।
दशैंका लागि १३ असोजदेखि नोट साट्न पाइने
बुधबार, भदौ २६, २०८१
दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने जनाएको हो ।
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तीन दिन भव्य रुपमा मनाउने
बुधबार, भदौ २६, २०८१
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई तीन दिनसम्म विविध कार्यक्रम गरी भव्य रुपमा मनाउने भएको छ । प्रदेश सरकारले आगामी असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने भएको हो ।
बिहीबारदेखि तीन दिन पानी पर्ने
बुधबार, भदौ २६, २०८१
बिहीबारदेखि मनसुन सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । विभागले बुधबार विशेष मौसमी बुलेटिन जारी गर्दै विहिबार साँझादेखि शनिबारसम्म तीन दिन वर्षा हुने जनाएको हो ।
गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान
बुधबार, भदौ २६, २०८१
तानसेन नगरपालिका –९ दमकडामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति दमकडा र पंक्षी संरक्षण संघले १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस तथा समितिको २६ औं वार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
मसानघाट नै अतिक्रमणमा
बुधबार, भदौ २६, २०८१
मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो ।
लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत
बुधबार, भदौ २६, २०८१
लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् ।
मानव बेचबिखन नियन्त्रणको सवाल
बुधबार, भदौ २६, २०८१
एकभन्दा बढी व्यक्ति संलग्न भई गोप्यरुपमा हुने अपराध सङ्गठित अपराध हो । यस्ता अपराध ठूलो आकारका र गहिरो प्रभाव छाड्ने खालका भए भने हामी जघन्य अपराधसमेत भन्दछौँ । नेपालको सन्दर्भमा भन्नुपर्दा लागुऔषध खरिद बिक्री र ओसारपसार, हातहतियारसम्बन्धी र मानव बेचबिखनसम्बन्धी अपराधलाई सङ्गठित र जघन्य अपराधको रुपमा लिने गरिन्छ ।
विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?
बुधबार, भदौ २६, २०८१
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।

-1721213837.jpg)
