आज विश्व सेप्सिस दिवस
शुक्रबार, भदौ २८, २०८१
गिद्ध संरक्षण गरौं
शुक्रबार, भदौ २८, २०८१
सिनो खाएर वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ‘प्रकृतिको कुचीकार’ मानिन्छ । यो पर्यावरणीय चक्र सञ्चालन, खाद्य शृंखलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो । सिकारी चरा भए पनि गिद्ध आफैंले सिकार नगरी केवल मरेका जनावरको मासु अर्थात सिनो खान्छन् ।
पाल्पाको रामपुरमा एकादशी र औँशीमा पशुपंक्षी ‘वध’ गर्न नपाइने
बिहीबार, भदौ २७, २०८१
जिल्लाको रामपुर नगरपालिका भित्र औँशी र एकादशीका दिन पशुपंक्षी वध गर्न नपाइने भएको छ । नगरपालिकाले धार्मिक आस्था र परम्परा तथा स्वास्थ्यलाई दृष्टिगत गरी उक्त दिन पशुपंक्षी वध गर्न नदिने भएको हो ।
तानसेनमा ‘पैरवी समूह’ गठन
बिहीबार, भदौ २७, २०८१
तानसेनमा पैरवी समूह गठन भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारका पक्षमा वकालत, बहस तथा समन्वय र सहकार्य गर्ने उद्देश्यले परिलक्षित संस्थाले पैरवी समूह गठन गरको हो ।
रणनीतिक योजना बनाउन ‘चेम्बर लुम्बिनी’ पाल्पामा
बिहीबार, भदौ २७, २०८१
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशले पाल्पामा आएर रणनीतिक योजना बनाउन थालेको छ । चेम्बरले विहीबारदेखि पाल्पाको तानसेनमा कार्यशाला गोष्ठी आयोजना गरी त्रिवर्षीय योजना बनाउन लागेको हो ।
प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउको प्रयास : महासंघद्वारा गम्भीर ध्यानाकर्षण
बिहीबार, भदौ २७, २०८१
नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।
तुलसीपुरमा बलेनन्‘हाइमास्ट लाइट’
बिहीबार, भदौ २७, २०८१
दाङको तुलसीपुरमा हाइमास्ट लाईट निर्माण गरिएको तीन महिना हुँदा पनि विद्युत् जडान नहुँदा बाल्न सकिएको छ । तुलसीपुरका विभिन्न चार वटा हाइमास्ट निर्माण गरिएको भएपछि जडान हुन नसकेको हो ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
बिहीबार, भदौ २७, २०८१
लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो ।
दल त्याग गरेका कारण गुल्मी छत्रकोटकी वडा सदस्य नेपाली पदमुक्त
बिहीबार, भदौ २७, २०८१
गुल्मीको छत्रकोट गाउँपालिका –५ की दलित महिला वडासदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली अन्य दलमा प्रवेश गरेकाले स्वतः पदमुक्त गरिएको हो ।
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बिहीबार, भदौ २७, २०८१
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र तनहुँमा भएका छुुट्टाछुुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
विद्यार्थीले एक–आपसमा कपाल काट्छन्
बिहीबार, भदौ २७, २०८१
गाउँमा कपाल काटिदिने कोही पनि छैनन् । कपाल काट्न सक्ने जनशक्ति सबै रोगजारको सिलसिलामा देश बाहिर छन् । पछिल्लो समय विद्यार्थी कपाल नकाटेर विद्यालय आउन थालेपछि तुलसीपुर उपमहानगरपालिका–१९ स्थित नवजागरण माध्यमिक विद्यालय कुटिचौरका प्रधानाध्यापक टङ्क केसीले आफैँ विद्यार्थीको कपाल काट्न सुरु गरे ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
बिहीबार, भदौ २७, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ ।


