Shittalpati
भोली लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
भोली लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा लुम्बिनी प्रदेशमा  भोली (सोमबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो । 
लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै
लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिए । 
गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु
गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर आज विहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु३त ५११२ नंको ट्रयाक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
पार्टीको विधान विपरित बोल्ने छुट कसैलाई छैन : नेता घिमिरे
पार्टीको विधान विपरित बोल्ने छुट कसैलाई छैन : नेता घिमिरे नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा प्रखरवक्ता गुरुराज घिमिरेले  पार्टीको विधान विपरित बोल्ने छुट कसैलाई पनि नभएको बताएका छन् । नेपाली काँग्रेस रुरुक्षेत्र गाउँपालिका गुल्मीको दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै नेता घिमिरेले पार्टी भित्र रहेर विधान विपरित बोल्ने छुट कसैलाई पनि रहेको बताएका हुन् ।  
मासिँदै सिमसार, हराउँदै जलपन्छी
मासिँदै सिमसार, हराउँदै जलपन्छी जिल्लाका विभिन्न ठाउँमा रहेका सिमसार क्षेत्रहरू मासिँदै गएका छन् । अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायत कारण सिमसार क्षेत्रहरू मासिँदै गएका हुन् ।
गुल्मी दुई करोड लगानीमा पानी उद्योग स्थापना
गुल्मी दुई करोड लगानीमा पानी उद्योग स्थापना रोजगारीको सिलसिलामा पछिल्लो समयमा कैयौँ युवा विदेसिएको अवस्थामा यहाँका युवाले भने गाउँमै लगानी गरेर उद्योग सञ्चालन गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाका तीन युवाले मिलेर गाउँमै  दुई करोड लगानी गरेर आधुनिक पानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
आज विश्व सिमसार दिवस मनाइँदै
आज विश्व सिमसार दिवस मनाइँदै विश्व सिमसार दिवस आज मनाइँदै छ । हरेक वर्षको फेब्रुअरी २ मा चेतना मुलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै आएको छ । सिमसारलाई जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । सिमसार क्षेत्रले विभिन्न प्रजातिका जीव तथा वनस्पतिलाई आश्रय दिने गरेको छ ।
नेपालको विकास, युवा र बौद्धिक पलायन
नेपालको विकास, युवा र बौद्धिक पलायन प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश नेपाल जहाँ सुनमा सुगन्ध भनेझै विकासको गतिले पनि  तिव्ररुप लिदै गएको देखिन्छ । अब केहि हुन्छ, जिवीकोपार्जनको लागि विदेशी भूमिको चर्को गर्मीमा पसिना बगाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने सकरात्मक आशा पलाउदै गएको छ ।  देशमै रोजगारीका अवसरहरु खुल्दै गएका छन् ।
सिमसार जोगाउन जुटौँ
सिमसार जोगाउन जुटौँ जहाँ छिपछिपे पानी हुन्छ, दलदल हुन्छ, धाप हुन्छ त्यो सिमसार हो । पानीको शुद्धीकरणको मामलामा सिमसारलाई मानिसको शरीरको मिर्गाैलासँग दाँजिन्छ । सिमसार मानिसका लागि र स्वयं पृथ्वीको जीवनका लागि पनि अदभुत रूपमा महत्वपूर्ण ठाउँ हो । विज्ञहरू सिमसारलाई धर्तीको मिर्गाैला भन्छन् ।
प्रेस युनियन पाल्पाले माझी समुदायमा पुगेर गर्यो  अन्तरक्रिया
प्रेस युनियन पाल्पाले माझी समुदायमा पुगेर गर्यो अन्तरक्रिया नेपाल प्रेस युनियन पाल्पा शाखाले माझी समुदायमा पुगेर अन्तरक्र्रिया कार्यक्रम गरेको छ ।  युनियनले शनिबार तानसेन नगरपालिका– १३ छेर्लुङस्थित माझी समुदायमा पुगेर कार्यक्रम गरेको हो । 
दुर्घटनामा एक जनाको मृत्यु, नौ घाइते
दुर्घटनामा एक जनाको मृत्यु, नौ घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को दुम्कीवास जङ्गलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् । 
Weather Update