सार्वजनिक जग्गामा ‘बुद्धपार्क’
मंगलबार, कात्तिक ६, २०८१
दुना–टपरीले फेरिएको दैनिकी
मंगलबार, कात्तिक ६, २०८१
तानसेन नगरपालिका–७ काजीपौवाकी मिनु रोकाहालाई विगतमा दिन बिताउन निकै गाह्रो थियो । घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्थिन् । हिजोआज उनको दैनिकी फेरिएको छ ।
टी–२० क्रिकेट : अमेरिकाविरुद्ध नेपालको शानदार जित
मंगलबार, कात्तिक ६, २०८१
नेपालले टी–२० आई सिरिजमा अमेरिकाविरुद्ध शानदार जित हात पारेको छ । उसले तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा सोमबार अमेरिकामाथि ऐतिहासिक ‘क्लिन स्विप’ गर्दै शानदार जित हात पारेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उत्कृष्ट नतिजा निकाल्दै आएको अमेरिका नेपाल समक्ष सिरिजका तीनै खेलमा पराजित भयो । डलासमा भएको...
भ्रष्टाचारको जालो तोडौं
मंगलबार, कात्तिक ६, २०८१
मुलुक भ्रष्टाचारले आक्रान्त बनेको छ । स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म नै भ्रष्टाचारको जालो फैलिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रपछि तीन तहका सरकार निर्माण भए । ति सरकारले सुशासन, विकास र समृद्धि ल्याउने आशा आम नागरिकमा थियो तर त्यसो हुन सकेन् ।
तिहारका लागि फूल तयार
सोमबार, कात्तिक ५, २०८१
तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् ।
आज गुुल्मी दरबारका शिक्षण संस्थामा शोक बिदा
सोमबार, कात्तिक ५, २०८१
गुल्मी दरबार गाउँपालिका भित्रका शिक्षण संस्थामा आज शोक विदा दिइएको छ । गुल्मीदरबार गाउँपालिकाले एक शिक्षकको मृत्यु भएपछि शिक्षण संस्थाहरुमा शोक बिदा दिएको हो ।
बागलुङको छुर्पी अमेरिका निर्यात
सोमबार, कात्तिक ५, २०८१
पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ ।
आजको मौसम : लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना
सोमबार, कात्तिक ५, २०८१
हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...
सुनको मूल्यमा नयाँ कीर्तिमान
सोमबार, कात्तिक ५, २०८१
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
अमेरिकामाथि नेपालको लगातार तेस्रो जीत
सोमबार, कात्तिक ५, २०८१
अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो । अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले...
गलत बाटोमा रास्वपा
सोमबार, कात्तिक ५, २०८१
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पार्टीका नेता एवं कार्यकर्ता सडक संघर्षमा उत्रिएका छन् । सहकारी ठगी, संगठित अपराध एवं किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनीहरु पोखरासहित देशका विभिन्न शहरमा प्रदर्शनमा उत्रिएका छन् ।


