Shittalpati
माओवादी तानसेन नगरको अध्यक्षमा सिंजाली 
माओवादी तानसेन नगरको अध्यक्षमा सिंजाली  नेकपा (माओवादी केन्द्र) तानसेन नगर समितिको अध्यक्षमा प्रतिक्षा सिंजाली चयन भएकी छन् । माओवादीको तानसेनमा भएको तेस्रो नगर अधिवेशनले सिंजालीलाई अध्यक्षमा चयन गरेको हो ।
रिडी–बल्कोट सडक एक महिना बन्द
रिडी–बल्कोट सडक एक महिना बन्द मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने काम सुरु भएपछि उक्त सडकमा यातायात सञ्चालन बन्द गरिएकोे हो । 
विषादीविरुद्ध सचेतना जरुरी
विषादीविरुद्ध सचेतना जरुरी पछिल्लो समय मानिसहरुले उत्पादन बढाउने नाममा तरकारी तथा फलफूलमा जथाभावी विषादी हाल्ने गरेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।
मोहन कन्या माविले भदौमा हिरक महोत्सव मनाउने 
मोहन कन्या माविले भदौमा हिरक महोत्सव मनाउने  पश्चिम क्षेत्रकै एक मात्र कन्या मन्दिरको रुपमा रहेको तानसेनस्थित मोहन कन्या माविले आगामी भदौ १६ गते ७५ औै वार्षिकोत्सव हिरक महोत्सवको रुपमा मनाउने भएको हो ।
युवालाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याउन आवश्यक छ : नेता भण्डारी 
युवालाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याउन आवश्यक छ : नेता भण्डारी  नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले  युवालाई स्वदेशमै रोक्ने कर्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । शनिबार तम्घासमा नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसमितिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
नरायणकाजी श्रेष्ठको आरोप –‘सरकार भ्रष्टचारीलाई बचाउदै सत्ता जोगाउन लागेको छ’
नरायणकाजी श्रेष्ठको आरोप –‘सरकार भ्रष्टचारीलाई बचाउदै सत्ता जोगाउन लागेको छ’ नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टचारको जगमा उभिएर निर्माण भएको आरोप लगाएका छन् । तानसेनमा प्रेस सेन्टरले आयोजिना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारको आलोचना गर्दै भ्रष्टचारको जगमा उभिएर निर्माण भएको सरकार नजिकका भ्रष्टाचारीलाई बचाउदै सत्ता जोगाउन लागिरहेको आरोप लगाएका...
आज भीमा एकादशी व्रत
आज भीमा एकादशी व्रत आज भीमा एकादशी व्रत । महाभारत कालबाट रहन गएको भीमा एकादशीको नाम पछाडीको कारण महाभारत कालदेखि भीमता एकादशीको महत्व विलक्षण रूपमा लिएको पाइन्छ । प्रत्येक वर्ष माघ शुक्ल एकादशीका दिनलाई भीमा एकादशी भन्ने गरिन्छ ।
नागरिकमा आशा जगाऊ
नागरिकमा आशा जगाऊ देशमा बहुमतको सरकार छ । मुलुककै ठूला दुई दल नेपाली काँग्रेस र एमालेको संयुक्त सरकार हुँदा आम जनताले ठूलो अपेक्षा गरेका थिए । तर जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन । सरकारदेखि संसदसम्मका कामकारवाहीले आशा जगाउन नसक्दा  आम नागरिकमा राजनीतिक दलदेखि नेताप्रति असन्तुष्टि बढेको छ ।
Weather Update