तिहार र बजार भाउ
शनिबार, कात्तिक १०, २०८१

पाल्पा, गुल्मीसहित १७ जिल्लाका सीडीओ फेरिए
शुक्रबार, कात्तिक ९, २०८१
गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित २७ जना सहसचिव र उपसचिवको सरूवा गरेको छ । गृहले पाल्पा, गुल्मी,रूपन्देही, पर्सा, महोत्तरी, सप्तरी, भक्तपुर र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो ।

एक महिनापछि गुल्मीबाट पुनः उडान
शुक्रबार, कात्तिक ९, २०८१
विगत एक महिनादेखि नियमित रुपमा उडान हुन नसकेको गुल्मीको रेसुङ्गा विमानस्थलको उडान पुनः सुरु भएको छ । मौसम खराबका कारण गत असोज ४ गतेदेखि नियमित हुन नसकेको उडान शुक्रबारदेखि भने पुनः सुरु भएको हो ।
अवरुद्ध पछि पहिलो पटक बुधबार उडान भए पनि शुक्रबारदेखि भने नियमित रुपमा उडान सुरु भएको...

तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन
शुक्रबार, कात्तिक ९, २०८१
दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु ६ करोड राजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा सो अवधिमा रु तीन करोड...

भत्किएको कोठामा कार्यालय प्रमुख
शुक्रबार, कात्तिक ९, २०८१
जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला छ । सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ । त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा–दाङ जिल्ला खेलकुद विकास समिति हो । तर, त्यही समितिका कार्यालय प्रमुख बस्ने कोठा सुरक्षित छैन । सोही रङ्गशालासँगै निर्माण भएको नयाँ भवन अस्तव्यस्त छ । छतमा राखिएको जिप्सन पूरै...

आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल
शुक्रबार, कात्तिक ९, २०८१
रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गरेका छन् । दुई दशक विदेश मजदुरी गरेका उनले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थालेका हुन् ।

दरबन्दी नपाएपछि पठनपाठनमा समस्या
शुक्रबार, कात्तिक ९, २०८१
तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ ।

अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने
शुक्रबार, कात्तिक ९, २०८१
यहाँको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश : तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, अझै पाएन पूर्णता
शुक्रबार, कात्तिक ९, २०८१
लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले काँग्रेसका दुई र जसपाका एक मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरणमन्त्री बनाएका छन् ।

रवि प्रकरणमा उब्जिएका प्रश्नहरु
शुक्रबार, कात्तिक ९, २०८१
सहकारी प्रकरणमा नाम जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामिछाने गत शुक्रबार पक्राउ परे । अहिले उनी अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा छन् । लामिछाने पक्राउ पर्नु अघि आमनागरिकमा थुप्रै प्रश्नहरु उब्जिएका थिए । उनी पक्राउ पर्ने वा नपर्ने, पक्राउ गर्ने वा नगर्ने जस्ता विषयमा आम नागरिकमा प्रश्न...

सरकारका सय दिन
शुक्रबार, कात्तिक ९, २०८१
वर्तमान सरकार बनेको सय दिन भएको छ । यो समयलाई ‘हनिमुन पिरियड’ पनि भनिन्छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २०८१ असार ३० गते प्रधानमन्त्री भएका थिए । यो पटक कांग्रेस–एमालेको गठबन्धनबाट ओेली प्रधानमन्त्री भएका हुन् । असार १७ गते भएको राजनीतिक स्थायित्व, संविधान संशोधन तथा अर्थतन्त्रलाई चलायमान बनाउनेलगायत...