रामपुरका कृषकलाई अनुदानमा उन्नत धानको बीउ
बुधबार, वैशाख ३१, २०७७
आईसीसी महिला विश्वकप क्रिकेटको छनोट स्थगित
बुधबार, वैशाख ३१, २०७७
महामारी बनेको कोरोना भाइरस (कोभिड– १९) को कारण श्रीलंकामा हुने भनिएको आईसीसी महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिता स्थगित भएको छ ।
यसवर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा
बुधबार, वैशाख ३१, २०७७
यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपाल प्रवेश गरिरहेकाले काठमाडौं लगायत देशका अधिकांश भू–भागमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिवसको अवसरमा नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री
मंगलबार, वैशाख ३०, २०७७
जिल्लाका विद्यार्थी नेताहरुले विश्व नर्स दिवसको अवसरमा नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । मई १२, अर्थात् विश्व नर्स दिवसको अवसर पारेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई विद्यार्थी नेताहरुले सामग्री प्रदान गरेका हुन् ।
नेपाल तरुण दल र नेवि संघ पाल्पाद्वारा शान्तिपूर्ण धर्नाका साथै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मंगलबार, वैशाख ३०, २०७७
भारतले नेपाल सीमा मिचेर राजमार्ग निर्माण गर्दा पनि सरकारले कुटनैतिक प्रयास नगरेको भन्दै नेपाली काँग्रेसका भातृ संस्थाहरु नेपाल तरुणदल र नेपाल विद्यार्थी संघ पाल्पाले दुई घण्टा शान्तिपूर्ण धर्नाका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
चन्द्रकोट गाउँपालिकाले ९ लाख भन्दा बढी रकमको राहत वितरण
मंगलबार, वैशाख ३०, २०७७
जिल्लाको चन्द्रकोट गाउँपालिकाले ९ लाख भन्दा बढी रकम बराबरको राहत वितरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै गाउँपालिकाले अहिलेसम्म ९ लाख ६४ हजार ७ सय ८० रकम बराबरको राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
नेपालमा थप ५७ संक्रमित, हालसम्म १ सय ९१ पुग्यो
मंगलबार, वैशाख ३०, २०७७
नेपालमा एकै दिन सबैभन्दा बढी ५७ जनामा कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । मङ्गलवार दिउँसो स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काठमाण्डूमा गरिएको परीक्षणमा ती सङ्क्रमण पुष्टि भएको हो ।
दशगजामा एक सय नेपाली
मंगलबार, वैशाख ३०, २०७७
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नेपाल–भारत सीमा क्षेत्रमा भारतका विभन्न क्षेत्रबाट आइपुगेका करीब एक सय नेपाली तीनचार दिनदेखि दशगजामा छन् । नेपाल–भारत सिमाअन्तर्गत गेर्मी भुजहवा, गुठीप्रसौनी र सुस्ता नाकाको दशगजा क्षेत्रमा नेपाली बसेका हुन् ।
रामपुर ४ मा ४ जनाको आरडिटी परीक्षण
मंगलबार, वैशाख ३०, २०७७
कालिका आधारभूत विद्यालय रामपुर ४ देविस्थानको क्वारेन्टाईनमा बसेका ४ जनाको सोमबार र्यापिड डाइगोनष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएको छ । गत बैशाख १५ गते पोखरा बाट आएका २ महिला र २ बालकहरुको आरडिटी परीक्षण गरिएको हो ।


