Shittalpati
कालीगण्डकीमा दुई बालक बेपत्ता
कालीगण्डकीमा दुई बालक बेपत्ता रामपुर नगरपालिका १० मलौटेघाटबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा रामपुर १० सिकोडाँडा पाल्पा रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराई र सोही स्थानका तिलकराम चापागाईको छोरा १० वर्षिय समीर चापागाई बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले बताए ।
नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।
जातिय विभेदको घटनालाई लिएर अधिकारकर्मीहरु पुगे प्रशासनमा
जातिय विभेदको घटनालाई लिएर अधिकारकर्मीहरु पुगे प्रशासनमा जिल्लाको कालिगण्डकी गाउँपालिका वडा ५ फोक्सिङमा गत वैशाख २२गते भएको जातिय विभेदको घटनालाई लिएर जिल्लामा क्रियाशिल दलित अधिकारकर्मीहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेपछि १५ सयजरिवाना तिराईएको घटनालाई लिएर आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाउन गएका हुन् ।
आलोपालोमा सहकारी सञ्चालन
आलोपालोमा सहकारी सञ्चालन कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि बागलुङका वित्तीय संस्था सञ्चालनमा समय तालिका निर्धारण गरिएको छ । यहाँका बैंक आलोपालो खुल्न थालेपछि सहकारीलाई समेत आलोपालो खुलाउन थालिएको छ ।
कोरोना संक्रमितले भरिए अस्पताल
कोरोना संक्रमितले भरिए अस्पताल रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना संंक्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले संक्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए ।
सैनिक पोशाक दुरुपयोग गर्ने गैरसैनिक नियन्त्रणमा
सैनिक पोशाक दुरुपयोग गर्ने गैरसैनिक नियन्त्रणमा नेपाली सेनाले लकडाउनलाई सफल तुल्याउन र सैनिक भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गर्न खोज्नेलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका चार स्थानका मुख्य चोकमा सैनिक प्रहरी खटाएको छ ।
दूरसञ्चार दिवस र यसको इतिहास
दूरसञ्चार दिवस र यसको इतिहास आज विश्व दूरसञ्चार दिवस मनाइदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो ।
लकडाउनका बेला तानसेनको स्वरुप फेरिदै
लकडाउनका बेला तानसेनको स्वरुप फेरिदै लकडाउनका बेला जिल्लाको सदरमुकाम तानसेन बजारको स्वरुप फैरिदै गएको छ । तानसेन नगरपालिकाको मुख्य बजारलाई पुरानै स्वरुपमा सजाउन थालिएपछि तानसेनको स्वरुप फेरिदै गएको हो । कोरोना संक्रमण बच्न र बचाउन सरकारले लकडाउन जारी राखेको समयमा तानसेन नगरपालिकाले तानसेन बजार भित्रका विभिन्न सडकहरुमा ढुङ्गा छापेर नगरको स्वरुप नै परिवर्तन गरेको छ ...
कोरोना पोजेटिभ महिलाको मृत्यु
कोरोना पोजेटिभ महिलाको मृत्यु कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको खुल्न आएको छ । जेठ १ गते बिहीबार राति स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित चालिसे गाउँकी २९ वर्षीया ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।
मदनको रगत जस्तै रातो कार्पेट ! (कविता)
मदनको रगत जस्तै रातो कार्पेट ! (कविता) कुनै दिन छलफल हुन्छ पञ्चहरूको विकल्प राजाहरूको विकल्प के हुने ?
Weather Update