कालीगण्डकीमा दुई बालक बेपत्ता

इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर नगरपालिका १० मलौटेघाटबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा रामपुर १० सिकोडाँडा पाल्पा रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराई र सोही स्थानका तिलकराम चापागाईको छोरा १० वर्षिय समीर चापागाई बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले बताए ।
सुनिल र समीर सहित ५ जना बालकहरु आइतबार दिउँसो १ बजे पौडी खेल्न गएका थिए । ४ बजे तिर बेपत्ता भएको खबर प्राप्त भएपछि स्थानीयहरु, इलाका प्रहरी कार्यालय रामपुर र हुँगी प्रहरी चौकीले खोजी कार्य गरिरहेको रामपुर १० का वडा अध्यक्ष लिलबहादुर गाहाले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्