नवजनचेतना राष्ट्रिय दैनिक २०८३ असार १५ गते सोमबार
सोमबार, असार १५, २०८३
पाल्पामा आम्दानीको मुख्य स्रोत बन्दै ‘दालचिनी’
आइतबार, असार १४, २०८३
जिल्लाको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया गए । झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताएका उनले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर पर्किए । विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे । उनी घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले दालचिनीको खेती सुरु गरिसकेका रहेछन् ।
११ जिल्लामा बर्डफ्लु संक्रमण पुष्टि
आइतबार, असार १४, २०८३
देशका ११ जिल्लामा बर्डफ्लु संक्रमण रहेको पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको हो ।
बर्डफ्लुको जोखिम : सतर्कता अपनाऔँ
आइतबार, असार १४, २०८३
केही दिन यता नेपालमा बर्डफ्लुको संक्रमण बढ्दो रहेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ ।
गुल्मीका किसानलाई गाई स्याहार भत्ता
शनिबार, असार १३, २०८३
पहिलागाउँघरका प्रत्येक गोठमा देखिने स्थानीय जातका गाई अहिले लोप हुँदै गएका छन् । किसानले व्यावसायिक रूपमा दूध बढी दिने उन्नत जातका गाईपालन गर्न थालेपछि स्थानीय जातका गाई पाल्ने चलन घट्दै गएको हो ।
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
शनिबार, असार १३, २०८३
अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् ।
लागुऔषधको दलदलमा युवा समूह
शनिबार, असार १३, २०८३
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले गत मंगलबार राति करिब १० बजेको समयमा बाँकेको कोहलपुर–१ कौशिलानगरस्थित सार्वजनिक प्रतीक्षालयमा बसेका दुई व्यक्तिसँग आवश्यक सोधपुछ र खानतलासी गर्यो ।
आज शनि प्रदोष व्रत देशभर श्रद्धापूर्वक मनाइँदै
शनिबार, असार १३, २०८३
आज शनि प्रदोष व्रत देशभर श्रद्धापूर्वक मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको विशेष पूजा–आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् ।
स्थानीय सरकारको बजेट
शनिबार, असार १३, २०८३
स्थानीय सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले जेठ १५ भित्र आउँदो आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेपछि असार १ भित्र प्रदेश र असार १० भित्र स्थानीय तहले बजेट प्रस्तुत गर्नुपर्ने बाध्यता छ ।
पाल्पा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
शुक्रबार, असार १२, २०८३
पाल्पा अस्पताललाई नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको छ । जिल्लावासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारबाट प्राप्त एम्बुलेन्स विहीबार अस्पताललाई हस्तान्तरण गरिएको हो ।
आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाईदैँ
शुक्रबार, असार १२, २०८३
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । विश्वमा अधिकांश लागु औषधिका प्रयोगकर्ता अनि कारोबारीहरू युवा नै छन् किनभने यो उमेरमा मान्छेहरू अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने गर्दछन् भनेर मनोविज्ञहरुले बताउन्छन् ।
लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस
शुक्रबार, असार १२, २०८३
अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस आज विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २६ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस दिवसले लागू पदार्थको दुरुपयोग, त्यसबाट उत्पन्न सामाजिक, आर्थिक र स्वास्थ्यसम्बन्धी समस्याहरू तथा अवैध तस्करीविरुद्ध सामूहिक प्रयासको आवश्यकता स्मरण गराउँछ ।


