विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै
सोमबार, असोज ५, २०८३
आज विश्व अल्जाइमर्स दिवस
सोमबार, असोज ५, २०८३
विश्वभर आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व अल्जाइमर्स दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन यो दिवस मनाउने गरिन्छ । उक्त दिवस सन् १९९४ देखि मनाउन थालिएको हो ।
विश्व शान्ति दिवस र बढ्दो हिंसा
सोमबार, असोज ५, २०८३
विश्व शान्ति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखलाई विश्व शान्ति दिवसका रूपमा मनाइन्छ । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
पाल्पाको भालेबास गाडी दुर्घटना : घाइते मध्ये एक जनाको मृत्यु (अपडेट)
आइतबार, असोज ४, २०८३
जिल्लाको तानसेन नगरपालिका–८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनुसरा खाम्चाको मृत्यु भएको हो ।
पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते
आइतबार, असोज ४, २०८३
पाल्पाको तानसेन नगरपालिका–८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । आज दिउँसो बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन् ।
तानसेनको मध्यकालीन पहिचान खोजिँदै, विश्व सम्पदामा लैजाने तयारी
आइतबार, असोज ४, २०८३
बाइसे–चौबीसे राज्यदेखि मगरात र सेन राज्यसम्मको इतिहास बोकेको पाल्पाको तानसेनलाई मध्यकालीन शहरका रूपमा विश्वसम्पदा सूचीमा समावेश गराउने तयारी अघि बढाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३० जना पक्राउ
आइतबार, असोज ४, २०८३
देशका विभिन्न स्थानबाट लागूऔषध सहित विभिन्न स्पथानबाट ३० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कास्की, महोत्तरी, बारा, सिराहा, ललितपुर, धनुषा, झापा, बझाङ, धनकुटा, कैलाली लगायतका जिल्लाबाट लागूऔषसहित ३० जना पक्राउ परेका हुन् ।
भोटेकोसी बाढी : सुरुङबाट थप ११ जनाको शव निकालियो
आइतबार, असोज ४, २०८३
रसुवाको भोटेकोसीमा भदौ १० मा आएको बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारको खोजीका क्रममा अडिट–३ सुरुङबाट ११ शव निकालिएको छ ।
हराउँदै ‘अग्राशन’ लैजाने चलन
आइतबार, असोज ४, २०८३
अग्राशन लैजाने चलन हराउँदै गएको छ । अग्रशानलाई ‘अट्वारी’ वा कोसेली पनि भनिन्छ। थारु समुदायमा देवता र पितृलाई चढाइने खानेकुराको केही भाग वा अंशलाई अग्राशन भनिन्छ । माघी र दसैँपछिको विशेष महत्त्व दिने पर्व हो ‘अट्वारी’ वा अग्राशन ।
प्राकृतिक विपद् : दीर्घकालीन रणनीति बनाऊँ
आइतबार, असोज ४, २०८३
नेपाल विपत्जन्य जोखिमका दृष्टिले अत्यन्त संवेदनशील मुलुक हो । जहाँ बारम्बार विभिन्न विपत्को सामना गर्नुपर्छ । नेपालले झेल्नुपरिरहेका प्रमुख विपत्मा भूकम्प, बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट, चट्याङ, र अत्यधिक गर्मी तथा चिसो पर्छन् ।
आजदेखि देशैभर काँग्रेसको वडा अधिवेशन
शनिबार, असोज ३, २०८३
नेपाली काँग्रेसको वडा तहको अधिवेशनमा आजदेखि सुरु भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम आज र भोलि हुँदैछ ।


