शहिद बहुमुखी क्याम्पसमा २५ वेडको आईसोलेशन वेड तयार
आइतबार, जेठ २५, २०७७
तानसेनमा ‘विज्ञान वरदान कि अभिशाप’ विषयक वादविवाद प्रतियोगिता
आइतबार, जेठ २५, २०७७
तानसेनमा ‘विज्ञान वरदान कि अभिशाप’ भन्ने विषयक वादविवाद प्रतियोगिता भएको छ । तानसेन नगरपालिका शिक्षा शाखा अन्तर्गतको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा जुम एप्लिकेशनबाट प्रतियोगिता भएको हो । प्रतियोगितामा दमकडा माविकी विनिता पराजुली प्रथम,जनता मावि तानसेनकी सदिक्षा ढकाल द्वितीय र सेन्ट क्यापितानिओ बोर्डिङकी प्रेष्मा पौडेल तृतीय भएका छन् ।
संक्रमण रोकथामका लागि स्थानीय सरकारसँग समन्वय गर्छौ : प्रजिअ न्यौपाने
आइतबार, जेठ २५, २०७७
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कोरोना संक्रमण रोकथामका लागि स्थानीय सरकारसँग समन्वय गरेर जाने बताएका छन् । हालै सुर्खेतबाट पाल्पा सरुवा भई आएका प्रजिअ न्यौपानेले समुदाय स्तरमा कोरोना सक्रमण आउन नदिन जिल्लाका स्थानीय तहदेखी जनप्रतिनिधी, सुरक्षाकर्मी पत्रकारहरुसँग समन्वय गरी काम गर्ने बताएका हुन् ।
रैनादेवी छहराको राहत कोषमा रायमाझी कुलदेवता समितिको सहयोग
आइतबार, जेठ २५, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको कोरोना विपद् कोषमा रायमाझी कुलदेवता समिति छहरा काठमाण्डौ सम्पर्क उप–समितिले आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा समितिले दश हजार सहयोग गरेको हो । उक्त राहत रकम समितिका केन्द्रिय सदस्य लक्ष्मण रायमाझीले गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीलाई हस्तान्तरण...
स्थानीय तहले खरिद गरे भिटिएम
आइतबार, जेठ २५, २०७७
नवलपरासी, (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका विभिन्न स्थानीय तहले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टाइनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न भिटिएम खरिद गरेका छन् ।
काइदाको अतित
आइतबार, जेठ २५, २०७७
फाटेको टोपी टालेको जाँगे लगाको सम्झिएँ
पढेर स्कूल घरको काम सगाको सम्झिएँ
पर्यटकीय क्षेत्रको विकासमा पाल्पाका स्थानीय सरकारको सक्रियता
आइतबार, जेठ २५, २०७७
पाल्पामा पर्यटकीयस्थलको निर्माण तथा पुनःनिर्माणको कामको थालनीले स्थानीय युवालाई रोजगार मिलेको छ । स्थानीय तहले विकास निर्माणका कामलाई जोड दिँदै आ–आफ्ना तवरले प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाइरहँदा निस्दी गाउँपालिका, रामपुर र तानसेन नगरपालिका लगायतले भने कोरोना संकटमा गरिएको बन्दबन्दीमा पनि पर्यटन पूर्वाधार विकासलाई जोड दिएका छन् ।
रामपुर सुनचाँदी व्यवसायी संघद्वारा मजदुरलाई खाद्यान्न
आइतबार, जेठ २५, २०७७
रामपुर सुनचाँदी व्यवसायी संघ रामपुरले सुनचाँदी व्यवसायमा आवद्ध मजदुरहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनका कारण व्यवसाय ठप्प हुँदा काम विहिन भएका उनीहरुको सहजताको लागि संघले राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको हो । संघको कार्यालय बेझाँडमा एक कार्यक्रम गरी ९ जना मजदुरहरुलाई चामल, दाल, नुन, तेल लगाएतका खाद्यान्न उपलब्ध गराएको...
गुल्मीदरबार गाउँपालिकामा चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ
आइतबार, जेठ २५, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । म्यालपोखरी माविको क्वारेन्टाइमा रहेका नागरिकको आरडिटी परीक्षण ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । भारतको हेदराबादबाट आएका २ जना, मुम्बई र भुपालबाट आएका एक/एक जना गरि ४ जना पुरुषमामा पोजेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको...
गाउँपालिका अध्यक्ष सहित एक सय ५२ जनाको कोरोना रिपोर्ट नेगेटिभ
आइतबार, जेठ २५, २०७७
जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्ष सहित १ सय ५२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जेठ १८ गते स्वाब परीक्षणका लागि गाउँपालिकाका अध्यक्ष सहित पठाईएका १ सय ५२ जना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
छनोट खेल अक्टोवर र नोभेम्वरमा गर्न प्रस्ताव
आइतबार, जेठ २५, २०७७
एसियाली फुटबल फेडेरेसन (एएफसी)ले फिफासँग परामर्श गर्दै फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट अन्तर्गत बाँकी रहेका खेलको लागि नयाँ मिति प्रस्ताव गरेको छ । यसअघि मार्च र जुनमा हुने तय भएका खेलहरु कोरोना भाइरस महामारीले गर्दा स्थगित भएको थियो । एएफसीले अब अक्टोवर र...
लकडाउनको विकल्प खोजौं
आइतबार, जेठ २५, २०७७
कोरोना भाइरसको संक्रमण फैलिन नदिन मुलुकमा लकडाउन गरिएको तीन महिना पुग्न लागेको छ । लकडाउनले मानिसको दैनिक जीवन केही असहज भएपनि यो जरुरी थियो र यसले कोरोना नियन्त्रणमा धेरै सफलता पनि हासिल गरेको हो । लकडाउनले सामाजिक र भौतिक दूरीको आवश्यकताका सम्बन्धमा पनि जनतालाई सचेत गराउन सफल भएको छ ।...


